जनगणनाका लागि सुपरिवेक्षक घर–घरमा «

जनगणनाका लागि सुपरिवेक्षक घर–घरमा

राष्ट्रिय जनगणना–२०७८ अनुसार म्याग्दीमा जनगणनाका लागि घर र घरपरिवारको सूचीकरण संकलन सुरु भएको छ । जिल्ला जनगणना कार्यालय म्याग्दीले सुपरिवेक्षकहरूलाई तालिम दिएर भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा घरपरिवारको सूचीकरण गर्न स्ुपरिवेक्षकहरू घरदैलोमा खटाएको छ ।
जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले भदौ ३० गतेदेखि १८ गतेसम्म सुपरभाइजरहरू घर तथा परिवारको विवरण संकलनका लागि घरदैलोमा पुगेको बताउँदै सुपरिवेक्षकहरूले सोधेको प्रश्नको सही तथ्याङ्क र सूचना उपलब्ध गराउन आग्रह गरेका छन्
परिचालित सुपरिवेक्षकले घर, घरपरिवार, घरमा बसोबास भएको छ वा छैन, घर प्रयोगको किसिम, घर कति पुरानो, घरक्रम र परिवारको संख्या, कृषि विवरणलगायतको विवरण सुपरिवेक्षकहरूले संकलन गर्ने सापकोटाले बताए । सुपरिवेक्षकहरूले लिएको विवरणअनुसार कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणनाका लागि गणकहरू घरदैलोमा पुग्ने छन् ।
कोरोना महामारी फैलिएपछि २०७८ जेठ २६ गते देखि असार ८ गतेसम्मको जनगणनाको कार्यक्रम स्थगित भएको थियो । भदौ २१ गतेको मन्त्रिपरिषद्को बैठकले २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १२औँ जनगणना गर्ने निर्णयअनुसार म्याग्दीले तयारी सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्