नेकपा(एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक «

नेकपा(एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरे ।
मंगलबार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । बैठकमा अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समुहगत छलफल गर्नका लागि पाँचवटा समुह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराइएको पनि उनले जानकारी दिए । उनले भने, ‘थपिएका केन्द्रीय कमिटीका सदस्यहरु जो हामीले निर्वाचन आयोगमा बुझाएका थियौँ ११६ जनाको नाम थियो । उहाँहरुलाई सनाखत गरिएका बाहेक, थप गरिएका केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराएका छौँ । यसपश्चात पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राजनीतिक प्रतिवेदन त्यसमा छलफल गर्नका लागि पाँचवटा समुहमा समूह छलफलका लागि सूची तयार पारेका छौँ र भोलि बिहान १० बजे सम्मका लागि समय निश्चित गरेका छौँ ।’
पार्टीको बैठक आज (बुधबार) पनि बस्ने उनले जानकारी दिए । भोलिको बैठकले समसामयिक प्रस्ताव परित गर्ने, कार्यविभाजन गर्ने उहाँको भनाई छ । आवधिक कार्ययोजना बनाइ तीन महिने अभियान चलाएर देशभर पार्टी सुदृढीकरण र पार्टीलाई पुनर्जागृत गरिने योजना रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्