६ जिल्लाकाे कारोबार नेप्सेमार्फत हुँदै «

६ जिल्लाकाे कारोबार नेप्सेमार्फत हुँदै

नेपाल धितोपत्र बोर्डले ६ जिल्लाकाे कारोबार नेप्सेमार्फत गर्न निर्देशन दिएको छ । बोर्डले हाल हुँदै हाल धितोपत्र दलाल व्यवसायीको शाखा नपुगेका जिल्ला/स्थानहरु महेन्द्रनगर (कञ्चनपुर), बिरेन्द्रनगर (सुर्खेत), घोराही, तुलसीपुर (दाङ), भैरहवा (रुपन्देही) र जनकपुर (धनुषा) मा शाखाबाट हुने कारोबार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध गराउन धितोपत्र दलाल व्यवसायीलाई निर्देशन दिएको हो ।
साथै, बोर्डले उक्त स्थानको कारोबार केन्द्रीय कार्यालयमा आवद्ध गराई नेप्सेको प्रणाली मार्फत हुने व्यवस्था गराउन आठ धितोपत्र दलाल व्यवसायीलाई शाखा खोल्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको प्रवक्ता निरज गिरीले बताए ।
यसबाट धितोपत्रको दोस्रो बजार सबै प्रदेश सदरमुकाममा हुनुका साथै आर्थिक रुपले सक्रिय जिल्ला/स्थानहरुमा बजार विकास हुँदै जाने भई कुल कारोबार संख्यामा समेत वृद्धि हुने बोर्डको अपेक्षा रहेको छ ।
हाल काठमाण्डौ उपत्यकावाहिर देशका १३ जिल्लाको ४१ स्थानवाट धितोपत्रदलाल व्यवसायीको शाखा कार्यालयमार्फत सेवा प्रदान भइरहेको सन्र्दभमा देशको संघीय संरचनाअनुसार वजार विस्तार गर्दै जानु पर्ने अवस्था रहेको एवं हाल धितोपत्रदलाल व्यवसायीले शाखावाट हुने कारोवार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध भई नेप्सेको प्रणालीमार्फत हुने व्यवस्था हुन लागेको सन्दर्भमा आ.व. २०७४-०७५ भित्र (२०७५ आषाढ मसान्तसम्म) वोर्डमा शाखा कार्यालय खोल्ने निवेदन प्राप्त भएका, काठमाण्डौ उपत्यकावाहिरका हाल धितोपत्र दलाल व्यवसायीको शाखा नपुगेका आर्थिक रुपमा सक्रियताको आधारमा सम्भाव्य जिल्ला-स्थानहरु महेन्द्रनगर (कञ्चनपुर), बिरेन्द्रनगर (सुर्खेत), घोराही, तुलसीपुर (दाङ), भैरहवा (रुपन्देही) रजनकपुर (धनुषा)मा, शाखावाट हुने कारोवार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध भई नेप्सेको प्रणालीमार्फत हुने व्यवस्था गर्ने गरी आठ धितोपत्र दलाल व्यवसायीलाई शाखा कार्यालय स्थापना गर्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको हो ।
साथै २०७५ आषाढ मसान्त पश्चात हालसाल वोर्डमा शाखा कार्यालय स्थापनाको स्वीकृतिको लागि समेत धितोपत्र दलाल व्यवसायीहरुबाट निवेदन प्राप्त भएकोमा मुद्रा तथा पूँजीबजारमा देखिएका प्रवित्तिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीकालागि श्रोत व्यवस्थापन सम्बन्धी सुझाव समितिको प्रतिवेदन बमोजिम धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र दलाल व्यवसायी सम्वन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न, वाणिज्य वैंकको सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई प्राप्ति गर्ने र गाभ्ने-गाभिने, सम्बन्धमा नीतिगत व्यवस्था गर्न धितोपत्र व्यवसायी (धितोपत्रदलाल, धितोपत्रव्यापारी तथा वजार निर्माता) नियमावली, २०६४ संशोधन मस्यौदा तयार गर्ने क्रममा रहेको सन्र्दभमा धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय स्थापना कार्यलाई समेत अझ व्यवस्थित वनाउन नियमावलीमा थप व्यवस्था गरे पश्चात सो प्रक्रिया अगाडि वढाइने विज्ञप्तिमा उल्लेख छ । 
यसवाट धितोपत्रको दोस्रो वजार सवै प्रदेश सदरमुकाममा हुनुका साथै आर्थिक रुपले सक्रिय जिल्ला-स्थानहरुमा वजार विकास हुँदै जाने भई कुल कारोवार संख्यामा समेत वृद्धि हुने वोर्डको अपेक्षा रहेको छ ।
बोर्ड धितोपत्र दलाल व्यवसायी सम्वन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न धितोपत्र व्यवसायी नियमावली, २०६४ संशोधन मस्यौदा तयार गर्ने क्रममा रहेको बोर्डले जारी गरको विज्ञप्तिमा उल्लेख छ । ब्रोकर कम्पनीको शाखा कार्यालय स्थापना कार्यलाई समेत अझ व्यवस्थित बनाउन नियमावलीमा थप व्यवस्था गरे पश्चात सो प्रक्रिया अगाडि बढाइने बोर्डले जनाएको छ ।
यसबाट धितोपत्रको दोस्रो बजार सबै प्रदेश सदरमुकाममा हुनुका साथै आर्थिक रुपले सक्रिय जिल्ला/स्थानहरुमा बजार विकास हुने छ । यसका साथै, कुल कारोबार संख्यामा समेत वृद्धि हुने बोर्डको अपेक्षा रहेको छ । हाल धितोपत्र दलाल व्यवसायीले शाखाबाट हुने कारोबार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध भई नेप्सेको प्रणालीमार्फत हुने व्यवस्था हुन लागेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्