ग्लोबल आइएमई बैंकको ५ सय रुपैयाँ बोनस योजना «

ग्लोबल आइएमई बैंकको ५ सय रुपैयाँ बोनस योजना

ग्लोबल आइएमई बैंकले विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई सेभिङमा बदल्ने उद्देश्य अनुरूप ग्लोबल आईएमई बैंकको रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा ग्राहकलाई बोनस ब्यालेन्स स्वरूप ५ सय रुपैयाँ उपलब्ध गराउने भएको छ । विदेशबाट नेपालमा भित्रिईरहेको रेमिट्यान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै ब्याज आर्जन होस् भन्ने उद्देश्यका साथ बैंकले यो योजना अगाडि सारेको जनाएको छ । श्रमका लागि बिभिन्न देशमा जाने नेपाली कामदारले विदेश जानुअगाडि रेमिट्यान्स बचत खाता खोल्न सक्नेछन् भने विदेशबाट निरन्तर रूपमा रेमिट्यान्स प्राप्त गर्ने लाभग्राहीले समेत यो खाता खोल्न सक्नेछन् भन्दै बैंकले ग्राहकले ग्लोबल आईएमई बैंकका जुनसुकै शाखाबाट रेमिट्यान्स बचत खाता खोलेपछि बैंकले ग्राहकले खोलेको नयाँ खातामा बोनस रकम जम्मा गरिदिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्