शाओमीको अल राउण्ड सुपरस्टार रेड्मी १० प्राइम सार्वजनिक «

शाओमीको अल राउण्ड सुपरस्टार रेड्मी १० प्राइम सार्वजनिक

शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो पहिलो ५० एमपीको स्मार्टफोन रेड्मी १० प्राइम र रेड्मी इयरबड्स ३ प्रो नेपालमा सार्वजनिक गरेको छ । रेडमी १० प्राइम मिडियाटेक हेलियो जी ८८ चिपसेटको साथ बजारमा भित्रिएको छ ।
यसले ९० हट्रजको ६.५ इन्चको एफएचडी प्लस एडप्टिभ सिन्क डिस्प्ले दिएको छ । पातलो डिजाइनको साथ यसमा ६००० एमएएचको दुई दिने ब्याट्री उपलब्ध गराएको छ । फोनमा कम्पनीले मेमोरी बढाउन सक्ने सुविधा समेत प्रदान गरेको छ । जसले प्रयोगकर्ताहरुलाई अस्थायी रूपमा २ जिबीसम्मको ¥याम स्टोरेजमा स्टोर गर्न सहयोग गर्छ । यो फोनले कन्टेन्ट क्रिएटर, स्ट्रिमिङ गर्न उत्साही, विद्यार्थी र मोबाइल गेमरहरुको लागि विशेष अनुभव दिने कम्पनीले जनाएको छ ।
रेडमी १० प्राइमले ५० मेगापिक्सल अल्ट्रा हाई रिजोलुसन मेन क्यामरा समावेस गरेको छ । साथै ८ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा, २ मेगापिक्सलको म्याक्रो क्यामरा र २ मेगापिक्सलको डेप्थ सेन्सर छ । नाइट मोड वा प्रो कलर मोडका साथ प्रयोगकर्ताले ब्राइटनेसलाई बढाउन सक्छन् । र फोटोलाई रंगीन बनाउन थोरै स्याचुरेसन बढाउन सक्छन् । विभिन्न अन्य सुविधाहरु जस्तैः स्काई मोड, क्लाईड स्कोप मोड, सर्ट भिडियो फिल्टर मोडलगायत प्रयोगकर्ताले आवश्यकता अनुसार प्रयोग गर्न सक्छन् ।
यो स्मार्टफोन ३ वटा रंगहरुमा उपलब्ध छ । यसलाई ३.५ मिलिमिटरको अडियो ज्याक, साइड माउन्ट गरिएको फिन्गरप्रिन्ट स्क्यानर र आइआर ब्लास्टरसँग ल्याइएको छ । यो एक ४ जी फोन भएकाले ४जीको नेटवर्कलाई सर्पोट गर्दछ । रेड्मी १० प्राइम दुईवटा भेरियन्टमा पाइने छ ।

प्रतिक्रिया दिनुहोस्