तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार नियुक्त «

तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार नियुक्त

तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि सेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएको छ ।
नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनीबीच द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका छन् ।
हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक सेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पुँजी ४० करोड पूर्ण भइसकेको अवस्था रहेको छ ।
चुक्ता पुँजी ४० करोडमध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बाँकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु समेत) नेपाली नागरिकहरुबाट कम्पनीको पुँजी उठाइएको छ ।
अब चाँडै नै नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण र सीडीएस एण्ड क्लियरिङमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोवार हुने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्