युवासँग महालक्ष्मी लाइफ अभियान «

युवासँग महालक्ष्मी लाइफ अभियान

महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण राष्ट्रिय अभियानको प्रारम्भ गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो अभियान सञ्चालन गरेको जनाएको छ ।
कम्पनीका अनुसार ‘काम गरी आय आर्जन गरौं–बिमा गरी सुरक्षित बनौँ’ भन्ने मूल नारालाई लिएर बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम मार्फत युवा माझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रुपमा सक्रिय पार्ने लक्ष्य रहेको छ ।
“मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको ग्यारेन्टी सरकारले गर्न सकिरहेको छैन । अर्को तिर देशमा स्वरोजगारका प्रसस्त अवसर हुँदा पनि युवा वर्ग कामको खोजीमा विदेश पलायन भइरहेका छन् । यस्तो विषम परिस्थितिमा उपलब्ध कामको अवसर र बिमाको महत्व बारेमा युवाहरुलाई जानकारी गराउने र उनीहरु मार्फत समाजमा बिमा प्रति जागरण ल्याउने गरी सम्मेलनले कार्यक्रम तर्जुमा गरेको छ” कम्पनीले भनेको छ ।
बिमा जागरण राष्ट्रिय अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा देश भरीका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रीय कमिटी गठन गरिएको छ । जिल्ला स्तरमा पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्तालाई समावेश गरी २०७८ पुस मसान्त भित्र जिल्ला जागरण अभियान समिति गठन गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्