विज्ञापन व्यवसायी ढुंगेल नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित «

विज्ञापन व्यवसायी ढुंगेल नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित

बिगत १३ वर्षदेखि विज्ञापन व्यवसायीका रूपमा कार्यरत इम्प्रेसन ए क्रिएटिभका सञ्चालक राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित भएका छन् । सिजन मिडियाले संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विविध क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई सो अवार्ड प्रदान गरेको छ ।
लामो समयदेखि विज्ञापन व्यवसायमार्फत विज्ञापन बजारमा उनले पु¥याएको योगदानको कदर स्वरुप उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले डिजिटल एड्भरटाइजिङ एक्सपर्ट अवार्डद्वारा सम्मान प्रदान गरेका हुन् ।
लगभग साढे दुई दशक अघि आफ्नो उच्च शिक्षाका निम्ति सिन्धुलीबाट काठमाडौंसम्मको यात्रा तय गरेका ढुंगेलले जीवनमा थुप्रै संघर्ष पार गरेको बताएका छन् । सिजन मिडियाले ढुंगेलसहित देशभरबाट ३० जनालाई नेशनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्