जेल जानका लागि अपराध गर्दैछन् जापानी बुढाबुढी «

जेल जानका लागि अपराध गर्दैछन् जापानी बुढाबुढी

टोकियो-नेपालमा कुनै पनि मनिस स्वेच्छाले जेल जान चाहदैन । जेल जाने डलर अपराध गरेपनि लुकाउन खोज्छन् । तर जापानका बुढाबुढीमा भने अवस्था फरक छ । पछिल्लो समयमा जापानमा बुढाबुढीले गर्ने अपराधको संख्यामा वृद्धि भएको छ । एक्लो तथा गरिब जीवन जिउनुको सट्टा उनीहरु अपराध गरेर जेल जान राम्रो सम्झन थालेका छन् । प्रहरीका अनुसार विगत २० वर्षको अवधिमा ६५ वर्ष भन्दा बढी उमेरका मानिसको जेल जाने संख्यामा लगातार वृद्धि भइरहेको छ ।
यस किसिमको संख्यामा तीन गुणाले वृद्धि भएको छ । १९९७ मा प्रत्येक २० अपराधीमा एक ६५ वर्ष भन्दा बढी हुने गरेकोमा हाल आएर भने अवस्थामा परिवर्तन आएर ५ मा १ भएको छ ।
वास्तवमै यी वृद्ध वृद्धाहरु सित्तैमा खान बस्नका लागि जेल जान थालेका हुन् । जेलमा उनीहरुलाई सित्तैमा मेडिकल सेवा पनि मिल्ने गरेको छ । परिवारमा कठिनाई भोग्ने बुढाबुढी बारम्बार अपराध गरेर जेलमा जान थालेका छन् ।
जापानको जनसंख्या १२.६८ करोड रहेको छ । जसमा ६५ वर्ष भन्दा बढी उमेरका मानिसको संख्या साढे ३ करोड भन्दा बढी रहेको छ । २०१६ मा यो उमेरका करिब २ हजार ५ सयलाई दोषि ठहर गरिएको थियो । जापानमा सर्वाधिक धेरै अपराध खानाका लागि पसलबाट चोरी गर्ने रहेको छ । यद्यपि अपराधका लागि दिइने सजाय कैयौ पटक अपराधो प्रकृतीसँग मेल खाएको देखिदैन ।
उदाहरणका लागि १.८३ डलरको स्यान्डविच चोर्नेका लागि २ वर्षको जेल सजाय दिइने गरेको छ । यसै कारणले जो मानिससँग पैसा छैन र आफन्त पनि कोही छैनन् भने उनीहरु चोरी गरेर जेल जानका लागि खुसी हुने गरेका छन् ।
जेल सजाय भोगिरहेका एक जापानी तोशियो तकाताले भनेका छन,“मैले कानुनको उल्लंघन यस कारण गरेको छु कि म यस्तो ठाउँमा बस्न चाहन्छु, जहा कुनै पनि चिजको पैसा पर्दैन ।”
यसै कारणले आपूmले ६२ वर्षको उमेरमा अपराध गरेको उनले बताए । अदालतमा आफ्नो उमेर हेरेर आपूmलाई थोरै अर्थात १ वर्षको मात्रै जेल सजाय सुनाइएको उनले बताए । उनले धेरै अपराध गरेर विगत १ दसकदेखि जेलको जिवन बिताउदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्