प्रथम चौरजहारी महोत्सव हुने «

प्रथम चौरजहारी महोत्सव हुने

रुकुम पश्चिम चौरजहारी नगरपालिकामा महोत्सव हुने भएको छ । चौरजहारी उद्योग वाणिज्य सघको आयोजनामा आगामी फागुन ७ गतेदेखि १७ गतेसम्म शंख पीपल रंशालामा प्रथम बृहत् चौरजहारी महोत्सव सञ्चालन गर्न लागिएको हो ।
कृषि, प्राकृतिक सम्पदा, कला सस्कृतिको संरक्षण, उद्योग व्यापारसँगै पर्यटन प्रवद्र्धन हाम्रो अभियान आत्मनिर्भर, एकता सम्मृद्ध नगरको निर्माण चौरजहारी नगरवासीको पहिचान भन्ने मूल नाराका साथ देश १० नमुना सहरमध्येको चौरजहारीमा महोत्सव गर्न लागिएको हो । जसले पर्यटकीय क्षेत्रहरू को प्रचारप्रसारका साथै स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा साबित हुने चौरजहारी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका प्रवक्ता यदुकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार महोत्सव सफलताका लागि तीव्र रूपमा तयारी थालिएको छ । महोत्सब भव्य एवं सभ्यरूपले सफल बनाउन संघका अध्यक्ष प्रेम सुनारको नेत्तृवमा ३९ सदस्यीय मूल आयोजक समिति गठन गर्नुका साथै विभिन्न अन्य समितिहरू गठन गरिएको छ । स्थानीय व्यापार व्यवसाय र स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुका साथ साथै अन्य १२० विभिन्न स्टल रहने छन् ।

प्रतिक्रिया दिनुहोस्