उत्तरपूर्वी भारतसँग पर्यटकीय साइनो «

उत्तरपूर्वी भारतसँग पर्यटकीय साइनो

 पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यले भारतको उत्तरपूर्वी विभिन्न राज्यको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको छ । भारतका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध संस्थासँग पोखराको पर्यटन प्रवद्र्धन गर्ने प्रयासस्वरुप यही माघ २२ गतेदेखि २७ गतेसम्म सिलगुडी, गुवाहाटीलगायतका सहरको भ्रमण गर्न लागिएको बताइएको छ ।  पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यले भारतको उत्तरपूर्वी विभिन्न राज्यको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको छ । भारतका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध संस्थासँग पोखराको पर्यटन प्रवद्र्धन गर्ने प्रयासस्वरुप यही माघ २२ गतेदेखि २७ गतेसम्म सिलगुडी, गुवाहाटीलगायतका सहरको भ्रमण गर्न लागिएको बताइएको छ । पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका साथ पाँच वर्षअघि नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एसोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा संयुक्त हस्ताक्षरसमेत भएको थियो । भ्रमणका क्रममा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनका साथै पर्यटन सम्बद्ध व्यवसायीसँग अन्तक्र्रिया गरिने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।“उत्तर पूर्वी भारतका पर्यटकको पोखरा आगमन बढाउन र बसाइँ लम्ब्याउन समेत यो प्रवद्र्धनात्मक भ्रमण सफल बन्ने विश्वास लिएका छौं,” पोखरेलले भने । उत्तरपूर्वी भारतका पश्चिम बंगाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणमा आउने गर्छन् । पूर्वी हिमाली शृङ्खलासँग जोडिएका यी भू–भागमा नेपाली भाषीको बाहुल्यतासमेत रहेको र काँकरभिट्टा नाकाबाट ठूलो संख्यामा भारतीय पर्यटक भित्रने गरेको अध्यक्ष पोखरेलको भनाइ छ ।अफगानिस्तानबाट पाकिस्तान हुँदै सुरु हुने विश्वको पूर्वी हिमाली शृङ्खला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुङ्गिने भएकाले पर्यटकीय विकास र पर्यावरणीय संरक्षणका दृष्टिले पनि पछिल्लो समयमा यसले चर्चा पाउन थालेको छ । नेपाल आउने विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाई मार्ग हुँदै आएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछानेले जानकारी दिए । नेपाल आउने विदेशी पर्यटक नेपालपछि भुटान र सिक्किम जाने भएकोले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारतसहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । यस वर्षको प्रवद्र्धनात्मक भ्रमणका क्रममा पोखरेली टोली सिलगुडीमा हुने बंगाल ट्राभल मार्ट(बीटीएम)मा सहभागी बन्ने कार्यक्रम संयोजक एवं नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।उनका अनुुसार उक्त अवसरमा बीटीएमको मञ्चमार्फत पोखरा नाइट र भारतीय सञ्चारकर्मीसँग पत्रकार सम्मेलन समेत तय भइसकेको छ । उत्तर–पूर्वी भारतका सिलगुडी, डुअर्स, ग्याङटोकका साथै सिक्किम, दार्जलिङ हुँदै मणिपुर, आसामलगायतका स्थानबाट धेरै भारतीय पर्यटक नेपालको काँकरभित्तासहित पूर्वी क्षेत्रका नाका हुँदै आउने गरेका छन् ।काँकरभित्ता हुँदै पोखरालगायतका स्थानमा जाने पर्यटकलाई राजमार्गमा पनि उत्तिकै सहज आवागमनको व्यवस्था नहुँदा यसले यहाँको पर्यटकीय आगमनमा असर पारेको व्यवसायी बताउँछन् । काँकरभिट्टा हुँदै पोखरा आउने सडकलाई व्यवस्थित बनाउँदै भारतीय सीमा नाकाका विमानस्थलबाट प्रमुख सहरमा सीधा हवाईसम्पर्क गराउन सके पोखराको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।भारतका उत्तरपूर्वी राज्यबाट पोखरा भ्रमणमा आउने क्रम पनि वर्षेनी बढ्दै गएको जानकारी दिँदै कार्यक्रम संयोजक सिग्देल नेपाली भाषीको बाहुल्यता रहेको त्यो ठाउँ हाम्रो धर्म संस्कृतिसँग पनि उत्तिकै मल्निे भएको पर्यटकीय साझेदारीका धेरै सम्भावना रहेको बताए । गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि
बैतडी, २० माघ (रासस) ः चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको छ ।  सरकारले प्रत्येक स्थानीय तहमा बैंक पु¥याउने नीति अवलम्बन गरेपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको हो । ग्रामीण क्षेत्रमा विभिन्न बैंकका शाखा स्थापनासँगै स्थानीय तहबाटै बैंकिङ कारोबार गर्न सजिलो भएको छ । सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले भने, “बैंक स्थापना भएसँगै बैंकिङ कारोबार गर्न सजिलो हुनुका साथै ग्रामीण अर्थतन्त्रमा पनि सुधार हुँदै गएको छ ।” गाउँपालिकाभरिको ८० प्रतिशत काम बैंकबाटै हुने गरेको र गाउँपालिकामा बाँकी रहेका विद्यालय तथा अन्य संघ–संस्थालाई पनि स्थानीय बैंकबाट गर्न अनुरोध गरेको उनले बताए ।  चेतनाको अभावका कारण सर्वसाधारणले बैंकिङ प्रणालीलाई झन्झटिलो मान्ने भएकाले त्यसलाई अन्त्य गरी विश्वसनीय एवं चुस्त बनाउन बैंकले सहजीकरण भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाको भनाइ छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत अनिवार्य बनाएपछि वृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर बैंकले सेवा पु-याउँदै आएको छ भने वित्तीय सुशासनमा समेत सहयोग पुगेको उहाँले बताए ।  बैतडीका अधिकांश स्थानीय तहमा बैंकको शाखा स्थापनाले स्थानीय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्थालगायतको वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग पुग्दै आएको छ । स्थानीय तहमा खुलेका बैंकले कृषि कर्जामा दिएको प्राथमिकताबाट ग्रामीण भेगमा कृषि क्षेत्रको विकासमा सुधार, लगानी वृद्धि र व्यावसायिक कृषिको वातावरण बनाएको बताइएको छ । जिल्लाको सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नोबेल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आईएमई बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंक र मेलौलीमा एनसीसी बैंकका शाखा स्थापना भइसकेका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंकलगायत अन्य बैंकका शाखा रहेका छन् भने पाटन नगरपालिकाका कृषि विकास बैंकलगायतका शाखा छन् ।  

प्रतिक्रिया दिनुहोस्