केराको सहयोगबाट जोगियो डकैती «

केराको सहयोगबाट जोगियो डकैती

ओन्टेरियो-क्यानडाको ओन्टेरियोमा गरिएको डकैतीको प्रयासलाई स्टोरका क्लर्कले केरा फ्याकेर असफल बनाइदिएका छन् । प्रहरीका अनुसार शंकास्पद आरोपीमाथि महिला क्यासियरले केराले हिर्काएकि थिइन् । यसपछि उक्त व्यक्ति बिना कुनै पैसा र गरहना नलिइकन भागेको थियो । प्रहरीले घटनाको जाँच सुरु गरिसकेको छ । ओन्टेरियोको तट किनारको टोरन्टोस्थित स्टोरमा डकैतीको प्रयास गरिएको थियो । प्रहरीका अनुसार कन्भिनियन्स स्टोरको महिला कर्मचारीले शंकास्पद अपाराधीलाई केरा फ्याकेर हिर्काएकि थिइन् । यसपछि शंकास्पद व्यक्ति पैदलनै त्याहाँबाट भागेका थिए ।
यो घटनाको अर्को राम्रो पक्ष भनेको कोही पनि घाइते भएका छैनन् । प्रहरी प्रवक्ता अखिल मुकेनले कोक्सभिले गो स्टेसनमा २ फेब्रुअरमा डकैतीको प्रयास भएको बारेमा जानकारी गराइएको र राती ८.४० बजे प्रहरी सर्तक भएको थियो ।
शंकास्पद व्यक्ति स्टोरमा आएको र नगद रजिस्टरकोतर्फ बढिरहेको महिला कर्मचारीले जानकारी दिएको प्रवक्ताले बताए । यो अवधिमा क्यासियर केराको भण्डारमा पुगेको र शंकास्पद व्यक्तिमाथि केरा फ्याक्न थालेको बताइएको छ । यो भिडन्तको समयमा शंकास्पद व्यक्तिले कुनै सामान नउठाइकन भागेको थियो ।
काउन्टरको कर्मचारीलाई कुनै पनि चोटपटकबाट बच्नका लागि डकैतीको अवधिमा कुनै पनि प्रतिरोध नगर्नका लागि आग्रह गरिएको अखिलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्