बिएफआइटी गु्रफ अफ इन्ष्टिच्युटद्वारा सम्मान «

बिएफआइटी गु्रफ अफ इन्ष्टिच्युटद्वारा सम्मान


भारतमा रहेको बाबा फरिद इष्टिच्यूट अफ टेक्नोलोजीले नेपालमा शैक्षिक परामर्श कामको रुपमा काम गरिरहका सस्थालाई सम्मान गरेको छ ।
सो इष्टिच्यूटले भारत अध्ययन गर्न जाने विद्यार्थीका लागि परामर्शको काम गरिरहेका संस्थालाई सम्मान गरेको हो । बिएफआईटी गु्रफ अफ इन्ष्टिच्युट अन्तर्गत बिएफ आईटी कलेज, किङ्स्टोन इम्पेरियल इष्टिच्यूट, लीब्रा कलेज अफ ल, गुरू नानक कलेज लगायतका शैक्षिक संस्थाहरू रहेका छन् ।
बिएफ आईटी समुहअन्र्तगतका शैक्षिक संस्थामा नेपालीका विद्यार्थीले डिप्लोमा, अन्डर ग्याजुएट, पोष्ट ग्रयाजुएट र पिएचडी अध्ययन गरिहेका छन् । सो समुह अन्र्तगतका शैक्षिक संस्थाले एआईसिटीई, एनएएसी, एमएएसी र युजिसीलगायतका सबै गुणस्तरका मापदण्ड पूरा गरेको छ । समुह अन्र्तगतका रहेको कलेजका रजिष्ट्रार भूपेन्द्रर सिंहले २०औं वार्षिकोत्सवको अवसरमा बिएफआइटीको नेपालस्थित परामर्श संस्थालाई एजेन्ट अप्रिसीएसन सर्टिफिकेट प्रदान गरेका हुन् ।
बिगत डेढ दशकदेखि नेपाली शैक्षिक परामर्श व्यावसायीलाई विद्यार्थी भर्नामा सहयोग पु¥याउँदै आका कलेजका इन्चार्ज, मार्केटिङ् एण्ड इन्टरनेसनल एड्मिसन अजय बरालले शैक्षिक परामर्श व्यवसायीको साथ र सहयोगले बिफआईटीले सफलतापूर्वक दुई दशक पार गरेको बताए । सो समुहबाट एक हजार भन्दा बढी नेपाली विद्यार्थीले पढाइ सकेर देश तथा विदेशमा उच्च तहमा काम गरीरहेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्