डिप्रोक्स लघुवित्तको साधारण सभा असोज २३ गते «

डिप्रोक्स लघुवित्तको साधारण सभा असोज २३ गते

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले यही असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धाणको विषयलाई टुंग्याउने छ ।
साथै कम्पनीको भदौ १७ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत लाभांशलाई समेत सभाले पारित गर्नेछ । हाल कम्पनीको चुक्तापुँजी एक अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
यो सँगै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि असोज १२ गतेदेखि सभा हुने दिनसम्म कम्पनीले बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम सेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
नाडेप लघुवित्तसँग सेयर संरचना र कर्मचारीको पद समायोजनका विषयमा असहमति भएसँगै प्राप्ति सम्झौताबाट कम्पनी पछि हटेको छ । आगामी दिनमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती सम्झौतामा जान आवश्यक देखिएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभा मार्फत गराउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्