बोइङको विमान उड्ने मात्रै होइन सडकमा पनि गुड्दैछ «

बोइङको विमान उड्ने मात्रै होइन सडकमा पनि गुड्दैछ

एम्सटर्डम-बोइङको ७४७–४०० विमानले एक अचम्मको यात्रा गर्ने भएको छ । यसलाई हेर्दा अचम्म पनि लाग्छ । खाटी कुरा के हो भने यस पटक बोइङको विमान उड्नुको सट्टा सडकमा गुड्ने भएको छ । मंगलबार १५० टनको विमान एम्सटर्डम विमानस्थलबाट कोरेन्डन भिलेज होटलको बगैचासम्म लगिने भएको छ । बोइङको यो विमान शिफोलबाट ए–९ हाइवे तथा एक प्रान्तिय सडक हुदै आफ्नो गन्तव्यमा पुग्ने भएको छ ।
कुनै समयमा यो विमानलाई सिटी अफ बैंककको नामले चिनिन्थ्यो । विगत ३० वर्षसम्म विश्वसनीय सेवा दिएपछि केएलएमको यो विमानले आफ्नो पंखालाई आराम दिने भएको छ । कोरेन्डनको रङमा रंगाइएपछि यो विमानलाई रोम पठाइएको थियो । यसपछि विमान रिसाइक्लिङ कम्पनी एएलएसले यसलाई सेवाबाट हटाएको थियो ।
डच स्पेस्लाइज्ड कम्पनी मेमोएट सेल्फ प्रोेपेल्ड ट्रेलरको सहयोगबाट यो विमानलाई ५ फेब्रुअरी (रात ११ बजेदेखि ७ बजेसम्म), ८ फ्रेब्रुअरी (आधा रात देखि ४ बजे सम्म) तथा ९ फेब्रअरीमा (आधा रातदेखि ४ बजेसम्म) ढुवानी गरेर लैजाने भएको छ । बोइङको यात्राको सर्वाधिक रोमान्चक हिस्सा अन्तिम ४ घन्टामा हुनेछ । उक्त समयमा यो विमान ए–९ राजमार्ग भएर गुड्ने छ । यसरी राजमार्गमा गुड्ने यो पहिलो विमान हुने छ ।
अन्तिम गन्तव्यमा पुगेपछि विमानलाई कोरेन्डन बोइङ–७४७ एक्सपिरियन्समा परिवर्तन गरिनेछ । जसले २०१९ को मध्यमा आफ्नो ढोका खोल्ने छ । यो कस्तो हुन्छ भन्ने बारेमा अभैmसम्म पनि कुनै जानकारी दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्