साहस ऊर्जाको आइपीओ बुधबार खुल्ने «

साहस ऊर्जाको आइपीओ बुधबार खुल्ने

साहस उर्जाको आइपीओ असोज ६ गतेदेखि खुल्ने भएको छ । साहस उर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको आइपीओ जारी गर्ने भएको हो । यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।
बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ । न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा १० गतेसम्म आवेदन दिन सकिनेछ । सिडिएससीको मेरो सेयर र आफ्नो बैंक खाता रहेको जुनसुकै शाखाबाट आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबिएलएस क्यापिटलले जनाएको छ ।
इक्रा नेपालले कम्पनीलाई बीबीप्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनी औसत मध्यम स्तरमा रहेको जनाउँछ । यस कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिकामा ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोसी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ब्याजसहित आयोजनाको लागत प्रतिमेगावाट १३ करोड ७९ लाख रहेको छ । ब्याजसहित कुल लागत ११ अर्ब ८६ करोड लाग्ने अनुमान छ । आयोजना समग्रमा ७२ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्