श्रमदान र दाताको सहयोगमा खानेपानी «

श्रमदान र दाताको सहयोगमा खानेपानी

धनकुटाको छथरजोरपाटीस्थित चुलाचुलीमा स्थानीयको श्रमदान र दाताको प्राविधिक सहयोगमा घरघरै खानेपानीको धारा पुर्याइएको छ ।
चुलाचुली र बाँधबिसौनाका एक सय पाँच घर उपभोक्तामा खानेपानीको सुविधा पुगेको हो । अहिले यो गाउँमा दुई किलोमिटर माथिको भूमिगत मुहान व्यस्थित गरी घरघरै पानी वितरण गरिएको छ ।
स्थानीय उपभोक्ताको १० लाख रुपैयाँको लागतमा वडा नम्वर दुईको दाहालडाँडामा मुहान खरिद गरी पानी पुर्याइएको हो । यो गाउँमा दैनिक ३४ हजार लिटर पानीको माग छ । पानीका लागि उपभोक्ताले एक महिनामा ५० रुपैयाँ शुल्क तिर्नुपर्ने नियम बनाइको छ । पर्याप्त पानी उपभोग गर्न पाएपछि स्थानीय खुसी भएका छन् ।
गाउँमा खानेपानी पु¥याउन यहाँका सय घर उपभोक्ताले तीन महिनासम्म श्रमदान गरेको उपभोक्ता समतिका अध्यक्ष गिरिजाप्रसाद दाहालले बताए । निवृत्त गोर्खा सैनिकहरूको संस्थाले खानेपानी परियोजनाका लागि आवश्यक उपकरण सामग्री र प्राविधिक सहयोग गरेको छ । आयोजनाका लागि स्थानीय उपभोक्ता र ब्रिटिस गोर्खा वेलफेयर ट्रष्टको एक करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्