वेस्टर्न युनियनले ल्यायो दशैं–तिहारमा ‘क्यास उत्सव’, ग्राहकले बम्पर उपहारमा ५ लाख जित्ने मौका

एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतृत्व गर्दै आएको वेस्टर्न युनियनले ‘क्यास उत्सव’ प्रबद्र्धन योजना ल्याएको छ । सो योजनामार्फत ग्राहकले असोज १ देखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।
उक्त योजनामा सहभागी हुनका लागि नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ । सबै कारोबार स्वचालित रुपमा ‘साप्ताहिक ड्र’मा समावेश वेस्टर्नले जनाएको छ । योजनामा हरेक साता ५ जनाले २० हजार रुपैयाँ जित्ने बताइएको छ ।
त्यस्तै स्वचालित रुपमा सबै कारोबारहरु ‘बम्पर लक्की ड्र’मा समावेश हुने बताइएको छ । सो योजना असोज १ बाट कात्तिक २५ गतेसम्म लागू हुने र ‘बम्पर लक्की ड’« मंसिर ६ गते हुनेछ । जसमा १ जना भाग्यशाली विजेताले नगद ५ लाख रुपैयाँ जित्ने छन् । उपहार रकम भने सरकारको नियम बमोजिम २५ प्रतिशत कर कट्टा गरी भुक्तनि दिने व्यवस्था छ ।
वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एसएस रमानाथनले भने, ‘वेस्टर्न युनियलाई विगत २ दशकभन्दा बढी समयदेखि ग्राहकहरुले देखाएको निष्ठा र विश्वासको प्रशंसा गर्छौं । नेपाली प्रवासीहरुको मिहेनत र बलिदानलाई कदर गर्दै घरमा भएका उनीहरुको प्रियजनहरुका लागि हामीले दशैंको ‘क्यासउत्सव’ प्रबद्र्धन ल्याउँन पाउँदा उत्साहित छौं । यो प्रबद्र्धन भनेको चाडपर्वको समयमा खुसी बाड्दै हाम्रा ग्राहकहरुको लगनशिलता र परिश्रमलाई मान्यता दिने एउटा तरिका हो ।’