मिड प्रिमियम अनुभव प्रदान गर्ने रेड्मी १० प्राइम नेपालमा सार्वजनिक हुने «

मिड प्रिमियम अनुभव प्रदान गर्ने रेड्मी १० प्राइम नेपालमा सार्वजनिक हुने

साओमीले नेपालमा रेडमी १० प्राइमले सार्वजनिक गर्दैछ । हाई पर्फमेन्स तथा विविध क्यामरा क्षमताहरुका साथ रेडमी सिरिजको यो नयाँ मिड–प्रिमियम फोन केही दिनमै नेपालमा आउँदैछ ।
कम्पनीले फोनको साथ रेड्मी इयरबड्स थ्री प्रोसमेत नेपालमा सार्वजनिक गर्दैछ ।
यस फोनको कुरा गर्दा यसमा मिडियाटेक हेलियो जी ८८ चिपसेट प्रयोग भएको छ । यसमा प्रभावशाली ९० हट्र्जको ६.५ इन्चको एफएचडी प्लस एडप्टिभ सिन्क डिस्प्ले छ । यस फोनको डिजाइन एकदमै पातलो छ ।
यसमा शक्तिशाली ६ हजार एमएएचको ब्याट्री छ । मेमोरी एक्सटेन्सनको सुविधा भएको रेडमी १० प्राइममा ६ जीबी सम्मको र्याम छ ।
शक्ति र रचनात्मकतालाई ध्यानमा राखेर डिजाइन गरिएको यो फोनबाट कन्टेन्ट कृएटर, स्ट्रिमर, मोबाइल गेमहरुले सन्तोषजनक अनुभव प्राप्त गर्न सक्छन् ।
क्यामराको कुरा गर्दा यसमा ५० मेगापिक्सेलको एआई क्वाड क्यामरा सेटअप छ । ५० मेगापिक्सलको अल्ट्रा हाई रेजोलुसनको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा, २ मेगापिक्सलको म्याक्रो क्यामरा र २ मेगापिक्सलको डेप्थ सेन्सर छ ।
नाइट मोड वा प्रो कलर मोडका साथ प्रयोगकर्ताहरुले यसको ब्राइटनेसलाई बढाउन र फोटोलाई अधिक रंगीन बनाउनको लागी थोरै स्याचुरेसनलाई बढाउन सक्छन् ।
यस फोनमा अहिले सम्मकै एमआईयूआईको सबैभन्दा राम्रो भर्सन १२.५ प्रयोग भएको छ । यो सबैभन्दा छिटो, सफा र स्मार्ट सफ्टवेयर हो ।
नेपाली बजारमा यो फोन दुई भेरियन्टमा उपलब्ध छ । जसमा ४ जीबी र ६४जीबी स्टोरेज छ । यसको मूल्य २० हजार ९ सय ९९ मा रहनेछ । यस्तै अर्को भेरियन्टमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज छ । यसको मूल्य २३ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्