Logo

नक्सालमा केएफसीको नयाँ शाखा


अन्तर्राष्ट्रिय फुड चेन ब्राण्ड केएफसीले काठमाडौं उपत्यका भित्र आफ्नो आठौं शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा नक्सालस्थित भाट–भटेनी डिपार्टमेन्टल स्टोरको प्राङ्गणमा खुलेको हो ।
केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टको रुपमा परिचित छ। नयाँ आउटलेटको मेन्यूमा केएफसीका विभिन्न चिकेन परिकार जस्तैः हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्सलगायत बर्गर र अन्य परिकार राखिएको छ । कोरोना महामारी र लकडाउनका कारण नयाँ आउटलेट सञ्चालनमा ढिलाइ भएको सिएफओ रितुराज शाहले जानकारी दिए । नयाँ केएफसी आउटलेटमा रेष्टुरेन्टले विशेष कोरोना महामारी रोकथामका लागि सुरक्षा नीति अपनाएको रितुराजले बताए । यसको लागि रेष्टुरेन्टले स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याक्टलेस सेवा गरी चार प्रकारका सुरक्षा मापदण्डहरू अनिवार्य गरेको छ ।
१ हजार ६ सय ४० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४० जना ग्राहकहरूले सेवा लिन सक्नेछन्। रेस्टुरेन्टले हाल बिहान ९ बजेदेखि रातिको साढे ८ बजेसम्म डाइन–इन, टेक–अवे र होम डेलिभरीमार्फत सेवा दिने बताइएको छ । नयाँ आउटलेट सञ्चालन घोषणासँगै कन्ट्री म्यानेजर विजय शर्माले यसमार्फत ग्राहक सेवा विस्तारमा मद्दत मिल्ने बताए ।
य परिकार राखिएको छ । कोरोना महामारी र लकडाउनका कारण नयाँ आउटलेट सञ्चालनमा ढिलाइ भएको सिएफओ रितुराज शाहले जानकारी दिए । नयाँ केएफसी आउटलेटमा रेष्टुरेन्टले विशेष कोरोना महामारी रोकथामका लागि सुरक्षा नीति अपनाएको रितुराजले बताए । यसको लागि रेष्टुरेन्टले स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याक्टलेस सेवा गरी चार प्रकारका सुरक्षा मापदण्डहरू अनिवार्य गरेको छ ।
१ हजार ६ सय ४० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४० जना ग्राहकहरूले सेवा लिन सक्नेछन्। रेस्टुरेन्टले हाल बिहान ९ बजेदेखि रातिको साढे ८ बजेसम्म डाइन–इन, टेक–अवे र होम डेलिभरीमार्फत सेवा दिने बताइएको छ । नयाँ आउटलेट सञ्चालन घोषणासँगै कन्ट्री म्यानेजर विजय शर्माले यसमार्फत ग्राहक सेवा विस्तारमा मद्दत मिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्