‘कृषि, जडिबुटी र पर्यटन रोल्पा समृद्घिका आधार’ «

‘कृषि, जडिबुटी र पर्यटन रोल्पा समृद्घिका आधार’

आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडिबुटी र पर्यटन रोल्पा समृद्घिका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रबार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गरेका हुन् । संघीय संसद प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख अथित्यमा सम्पन्न उद्घाटन सत्रलाई माननीय ऊर्जामन्त्री वर्षमान पुन, स्थानीय जनप्रतिनिधिहरूलगायत राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरूले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रोल्पाको भू–भागमा पाइने बहुमूल्य जडिबुटीको उचित बजारीकरण गर्न सकेमा समग्र रोल्पा र आसपासका क्षेत्रको स्थानीय आर्थिक गतिविधिलाई बढाउन सकिने बताए । जलविद्युत् उत्पादन गरी रोल्पाको आर्थिक विकासमा टेवा पु¥याउन सकिने उल्लेख गर्दै उनले मुलुकमा भएको पछिल्लो राजनीति परिवर्तनको उदगम स्थल हुनुका नाताले रोल्पा राजनीति रूपमा समेत अत्यन्तै महत्वपूर्ण जिल्ला भएको स्मरण गर्दै तीनै तहका सरकारसँग सहकार्य गरी स्थानीय स्तरका आर्थिक गतिविधिलाई बढाउन नेपालको निजी क्षेत्र तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्