सुज ग्यालरीको पहिलो शोरुम भृकुटीमण्डपमा «

सुज ग्यालरीको पहिलो शोरुम भृकुटीमण्डपमा

राजधानीको भृकुटीमण्डपमा सुज ग्यालरीको पहिलो शोरुम सञ्चालनमा आएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठवाट शोरुमको औपचारिक उद्घाटन भएको थियो । नेपालका ख्यातिप्राप्त नेपाली ब्रान्डका जुत्ता तथा चप्पलहरूलाई प्राथमिकतामा राख्दै एउटै स्थानबाट ग्राहकसमक्ष पु¥याउनका लागि सुज ग्यालरीको स्थापना भएको कम्पनीले जनाएको छ । उक्त उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि राजेशकाजी श्रेष्ठले नेपाली जुत्ताको गुणस्तरसँगै प्रतिस्पर्धासमेत बढिरहेको समयमा धेरै व्यवसायी साथीहरू एकै स्थानमा मिलेर ग्राहकको सुविधाका लागि शोरुम खोल्नुले व्यावसायीक रूपमा समेत राम्रो सन्देश प्रदान गरेको बताए ।
उक्त समारोहमा बोल्ने क्रममा सुज ग्यालरीका अध्यक्ष भीमलाल गौतमले आन्तरिक रूपमा प्रतिस्पर्धा रहे तापनि ग्राहकले एकै स्थानमा बिभिन्न ब्रान्डका नेपाली जुत्ताहरू आफ्नो रोजाइअनुसार खरिद गर्ने मध्यस्तकर्ताका रूपमा शोरुम खोलेको बताए । नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै पर्वद्धन तथा बजारीकरण गर्नका लागि सुज ग्यालरीले विभिन्न नेपाली ब्रान्डहरू बीएफडियर हिल, क्रसरोड, कोशेली, म्याजीक, रोयल सुज, रन सुजलगायतका प्रतिष्ठित ब्रान्डहरू एकै छानामुनि बिक्री तथा वितरण गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्