४ महिनामा ज्योति लाइफका ४५ शाखा «

४ महिनामा ज्योति लाइफका ४५ शाखा

 ज्योति लाइफ इन्स्योरेन्सले सञ्चालनको तीन महिनामा ४५ शाखा खोलेको छ । जीवन वीमा योजना तथा सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन कम्पनीले शाखा सञ्जाल विस्तारलाई प्राथमिकता दिइरहेको छ । देशको सातै प्रदेशअन्तर्गत विभिन्न स्थानमा यस अघि ३३ वटा शाखा-उपशाखाबाट सेवा प्रदान गरिरहेको थियो । ज्योति लाईफ इन्स्योरेन्सले हालैमात्र शाखा विस्तारको क्रममा बारा जिल्लाको कलैया र सिमरा–जीतपुर, पर्साका पोखरिया, महोत्तरीको बर्दीबास, उदयपुरको गाइघाट, सिराहाको लाहान, कैलालीको धनगढी र सुखड, कञ्चनपुरको पुनर्वास, बर्दियाको राजापुर, झापाको भद्रपुर तथा काठमाण्डौको रविभवनमा गरी जम्मा १२ स्थानबाट सेवा शुभारम्भ गरेको छ । सञ्चालनमा आएको छोटो अवधिमा नै कम्पनीको शाखा संजाल ४५ पुगेको छ । शाखा सञ्जाल विस्तारसँगै कम्पनीले बिमाको सचेतना अभिवृद्धी कार्यक्रम, नयाँ नयाँ जीवन वीमा योजना, उच्चस्तरिय प्रविधिको प्रयोग माार्फत ग्राहक सेवालाइ प्रभावकारी बनाउँदै नेपालको वीमा बजारको विकास तथा विस्तारमा विशेष ध्यान दिने जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस्