होटल व्यवसायी संघ बाँकेमा कँडेल नेतृत्वको प्यानलनै विजयी «

होटल व्यवसायी संघ बाँकेमा कँडेल नेतृत्वको प्यानलनै विजयी

नेपालगन्ज-होटल व्यवसायी संघ बाँकेको निर्वाचनमा भिमलाल कँडेल नेतृत्वको समग्र प्यानलनै विजयी भएको छ । नयाँ कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्षमा कँडेलसहित उनको पूरा प्यानल नै विजयी भएको हो । नयाँ नेतृत्वका लागि बुधबार दिनभरी भएको निर्वाचन र राति अबेर सकिएको मतगणनाको परिणाम अनुसार कँडेलको प्यानलनै विजय भएको निर्वाचन समितिका प्रमुख वसन्त गौतमले जानकारी दिए ।
नयाँ कार्यसमितिको लागि कँडेलको नेतृत्वमा नेकपा निकट व्यावसायी निर्वाचनमा उत्रिदा उमा ग्राण्डन डाँगीको नेतृत्वमा नेपाली कांग्रेस निकट व्यावसायीले निर्वाचन लडेका थिए । संघको अध्यक्षमा कँडेलले ३ सय ५६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ग्राण्डन डाँगीले १ सय ७८ मत प्राप्त गरेकी थिइन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बूले २ सय ७२ मत ल्याई विजयी भए उनका निकटतम प्रतिद्वन्दी प्रेमबहादुर खत्रीले २ सय १९ मत पाए ।
उपाध्यक्षमा टेकनारायण सापकोटाले ३१८ मत ल्याई विजय हुँदा उनका निकटतम प्रत्यासी गोपाल गिरी पराजित भए । महासचिवमा रंगबहादुर खड्का विजयी भए भने प्रत्यासी घनश्याम थापा क्षेत्री पराजित भइ ।
सचिवमा प्रेमबहादुर शाहले ३४४ मतले विजयी भए भने निकटतम प्रतिद्वन्द्वी रतन बुढा क्षेत्री पराजित भए कोषाध्यक्षमा टीकाराम खनाल, निकटतम प्रतिद्वन्द्वी रवीन्द्र लामिछाने पराजित भए । यसैगरी सह–कोषाध्यक्षमा राजकुमार विक विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी जुनादेवि कँडेल परातिज भइन् ।
यसैगरी सदस्यहरूमा लक्ष्मीराज शाही, एकराज पाण्डे, केशव कँवर योगी विजयी भए । यसैगरी महिला सदस्यहरूमा दुर्गा बलमे र निर्मलादेवी सेजुवालले विजयी भए ।
६ सक्ष् ६१ जना मतदाता रहेको होटल व्यवसायीहरूको मतदानमा ५ सय ७१ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्