नेपालकै ठूलो डान्स रियालिटी शो कात्तिक ११ बाट सुरु «

नेपालकै ठूलो डान्स रियालिटी शो कात्तिक ११ बाट सुरु

आउँदो कात्तिक ११ गते बिहीबारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ ।
इन्टरनेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रालिद्वारा कि एडभर्टाइजिङ सर्भिस प्रालिका लागि आगामी कात्तिक ११ गतेबाट ‘रियालिटी डान्स च्याम्पियन शो’ सुरु हुने भएको हो । उक्त मेगा शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यक्रमको मार्केटिङ कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.ले गर्ने भएको छ ।
काठमाडौंको द एभरेष्ट होटलमा भएको पत्रकार सम्मेलनमा कि एडभर्टाइजिङ र कान्तिपुर टेलिभिजनबीच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । कार्यक्रममा कि एडभर्टाइजिङ सर्भिस प्रा.लिका अध्यक्ष रवीन्द्रकुमार रिजालले यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्षभन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइने बताए । उनले दसैंपछि रियालिटी शोे सुरु हुने पनि बताए ।
उनले भने, ‘यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्षभन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइनेछ, यो सबैका लागि हो तर पनि यो उमेर समूहका प्रतिस्पर्धीहरुलाई प्राथमिकतामा राखिएको छ, अहिले कान्तिपुर टेलिभिजन र कि एडभर्टाइजिङ सर्भिस प्रालिबीच सम्झौत भएको हो, त्यसैले धेरै भन्न सकिने अवस्था छैन, हामी डान्स शो दसैँपछि सुरु गर्छौं ।’
उक्त मेगा शो प्रत्येक बिहीबार र शुक्रबार गरी साताको दुई दिन बेलुकी ९ः०० बजे प्रशारण हुनेछ । डान्स च्याम्पियनका निर्णयकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनुभएको छ । त्यस्तै कार्यक्रम प्रश्तोताको रुपमा उमेश राई (फुलन्देकी आमा) रहेका छन् । ३२ भागको यो कार्यक्रम धनराशी २५ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्