पोखरामा ग्रामीण पर्यटन महोत्सव हुने «

पोखरामा ग्रामीण पर्यटन महोत्सव हुने

ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, पोखरा गण्डकी प्रदेशको आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकीको सहकार्यमा आउँदो फागुन २३ देखि २५ गतेसम्म उक्त महोत्सव पोखरामा हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न कला, संस्कृतिक झल्कने भेषभूषा सहितको होमस्टेहरू समेत प्रदर्शन गरिने भएको मञ्च गण्डकीका अध्यक्ष रवीन्द्रराज पौडेलले बताए । उक्त महोत्सवमा करिब ५० वटा होमस्टे सहभागी गराउने भएको अध्यक्ष पौडेलले बताए । महोत्सवमा उत्कृष्ट होमस्टे, उत्कृष्ट कल्चर र उत्कृष्ट खानाका विजेतालाई जनही २५ हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको निवर्तमान अध्यक्ष तारानाथ पहारीले बताए । होमस्टेलाई निःशुल्क स्टलसमेत उपलब्ध गराउने भएको छ ।
महोत्सव सफल पार्न नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको बोर्डका प्रमुख मणिराज लामिछानेले बताए । बोर्डका निर्देशक सूर्य थपलियाले ग्रामीण पर्यटन प्रबद्र्धनमा होमस्टेले धेरै सहयोग पु-याएको बताए । उनले देशकै सबैभन्दा बढी ग्रामीण पर्यटन गण्डकी प्रदेशमा रहेको दाबी गरे । उक्त महोत्सव सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने भएको भिटोभले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्