सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजना «

सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजना

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठ लक्षित गर्दै लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना बिजेतालाई १०, हजार रुपैयाँ उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै हरेक महिना ५ जना जनही १ लाख रुपैयाँ उपहार पाएर २ महिनासम्म १० जना लखपति बन्न सक्नेछन् । कम्पनीका अनुसार यो अफर असोज १ गते देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् ।
यस उपहारको बिजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन । सिटी एक्सप्रेसले १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित भुक्तानी सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्