डडेलधुरामा वडा अधिवेशन पुनः गर्न पौडेल समूहको माग «

डडेलधुरामा वडा अधिवेशन पुनः गर्न पौडेल समूहको माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन माग गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पुगेको पौडेल पक्षले निर्वाचन समितिलाई भेटेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गर्नुपर्ने माग राखेको हो ।
पत्रकारसँगको संक्षिप्त कुराकानीमा वरिष्ठ नेता पौडेलले डडेल्धुरादेखि देशका विभिन्न ठाउँमा समस्या आइरहेकोले त्यसको समाधान न्योयोचित ढंगले हुनुपर्ने बताए ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले डडेल्धुरामा पुनः चुनाव नहुने बताए । उनले हजारौँ संख्यामा सुरक्षाकर्मी परिचालन गरेर डेमोक्रेसी बिपरित चुनाव गराइएको तर पुनः चुनाव हुने सम्भावना आफूले नदेखेको बताए ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डडेल्धुरामा भएको घटना ७५ वर्षे नेपाली कांग्रेसको इतिहासमै नभएको बताउ । उनले जिल्लाको वडा अधिवेशनमा जिल्ला सभापति र जिल्लाका दुई तिहाइ सदस्य बिनै अधिवेशन गरिनु दुर्भाग्य रहेको भन्दै यसले डेमोक्रेसी अफ्ठ्यारोमा पारेको बताए । पौडेल समूहले क्रियाशील सदस्यको विवादसम्बन्धी समस्या समाधान नगरी देउवाले डडेल्धुरामा वडा अधिवेशन गराएको भन्दै आपत्ती जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्