सहयोगी विकास बैंकको नाफामा २९१ प्रतिशतले वृद्धि «

सहयोगी विकास बैंकको नाफामा २९१ प्रतिशतले वृद्धि

सहयोगी विकास बैंक लिमिटेडले आप्mनो खुद नाफा २९१ प्रतिशतले वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आवव ०७५-७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको भन्दै बैंकले गत त्रैमासिक ०७५-७६ मा असोज मसान्तमा भन्दा ११६.९८ प्रतिशतले वृद्धि सञ्चालन मुनाफा वृद्धि गर्न सफल भएको पनि जनाएको छ । बैंकको ०७४-७५ को असोज मसान्तसम्ममा १ करोडभन्दा बढी घाटा बेहोर्नु परेको थियो ।
स्मरणरहोस बैंकले पहिलो त्रैमासिकमा अघिल्लो सोही महिनाको तथ्यांकमा पनि ३०० प्रतिशतले वृद्धि गर्न सफल भएको थियो । बैंकले गत अवधिको तुलनामा यस वर्ष निक्षेप तथा कर्जा लगानीमा पनि वृद्धि गरेको र बैंकले निक्षेपमा २५.८२ प्रतिशतले वृद्धि गरेको र कर्जा लगानीमा २४.२२ प्रतिशतले वृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्