सातामा सेयर १ अर्ब २९ करोडको कारोबार «

सातामा सेयर १ अर्ब २९ करोडको कारोबार

नेप्से परिसूचक यस साता कुल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता सेयर १ अर्ब २९ करोड ३६ लाख ४९ हजार ७ सय ३७ रुपैयाँमा खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक समेत यस साता सामान्य अंकले घटेको छ । साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक ११.८४ बिन्दुले घटेर १ हजार १६०.९३ बिन्दुमा झ¥यो । स्टकका अनुसार सो दिन कुल १६३ कम्पनीको १० लाख ७९ हजार ५ सय ८० कित्ता सेयर ३० करोड ३० लाख ३६ हजार ८ सय ८८ रुपैयाँमा खरिद बिक्री भए ।
यस्तै साताको दोस्रो दिन कारोबार मापक नेप्से परिसूचक २.७९ बिन्दुले बढेर १ हजार १६४.८९ बिन्दुमा पुग्यो । सो दिन कुल १६५ कम्पनीको ८ लाख ७१ हजार ८ सय २८ कित्ता सेयर २२ करोड ४३ लाख १६ हजार ५ सय २७ रुपैयाँमा खरिद बिक्री भए ।
साताको तेस्रो दिन कारोबार मापक नेप्से परिसूचक ३.८९ बिन्दुले घटेर १ हजार १६०.९९ विन्दुमा झ-यो । सो दिन कुल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता सेयर ३० करोड ८ लाख १४ हजार ३ सय ८७ रुपैयाँमा खरिद बिक्री भए ।
बुधबार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ४ बिन्दुले घटेर १ हजार १६० दशमलव ५९ बिन्दुमा कायम रह्यो । सो दिन कुल १६८ कम्पनीको ५ लाख ७२ हजार ७७५ कित्ता सेयर १९ करोड २० लाख ९४ हजार ४ सय ९२रुपैयाँमा खरिद बिक्री भए ।
यस्तै साताको अन्तिम दिन बिहीबार कुल १६८ कम्पनीको ९ लाख ७ हजार ३ सय १४ कित्ता सेयर २७ करोड ३३ लाख ८७ हजार ४ सय ४३ रुपैयाँमा खरिद बिक्री भयो । सो दिन नेप्से परिसूचक १.०४ बिन्दुले बढेर १ हजार १६१.६३ बिन्दुमा कायम भई बजार बन्द भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्