नेकपा (एकीकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा «

नेकपा (एकीकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा

नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन भएका छन् । बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट युवा नेता विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।
युवा संघ गण्डकी प्रदेशको इन्चार्ज रहेका विश्वकर्मा बेनी नगर कार्यपालिकाको सदस्य रहेका छन् । त्यसैगरी कमिटीको उपाध्यक्षमा हेमराज शर्मा, सचिवमा दुर्गा कार्की, सहसचिवमा जीवन सापकोटालाई चयन गरिएको छ । नेकपा एमाले विभाजन भएपछि म्याग्दीमा तीन जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेपछि जिल्ला भेला तथा कमिटी गठनको प्रयास थालिएको थियो ।
नवनिर्वाचित अध्यक्ष विश्वकर्माले ६ महिनाभित्र जिल्लामा संगठन निर्माण र विस्तारको अभियान चलाउने कार्यतालिका बनाएको बताउँदै पार्टीलाई छोटो समयमै गतिशील बनाउन आफू प्रयासरत रहने प्रतिबद्धता जनाए । उनले केपी ओलीले एमाले विभाजनसँगै कम्युनिष्ट आन्दोलन र प्राप्त उपलब्धिहरु मास्न उद्धत रहेकाले पार्टीको पुनर्गठन गर्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्