खानेपानी समस्या समाधानका गर्न दीर्घकालीन योजना आवश्यक «

खानेपानी समस्या समाधानका गर्न दीर्घकालीन योजना आवश्यक

दाङ-संघीय संसद्का सभामुख कृष्णबहादुर महराले जिल्लामा बढदै गएको खानेपानी समस्या समाधान गर्ने दीर्घकालीन योजना निर्माण गरेर अगाडि बढनु पर्ने बताएका छन् ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १९औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनको उद्घाटन गदै उनले यस्तो बताएका हुन् । खानेपानी समस्या समाधानका लागि आर्थिक स्रोत नहुँदा पनि ठूला योजना स्थानीयस्तर तथा राज्यबाट पनि अगाडि बढाउन समस्या हुने गरेको बताए । जिल्लामा बढदै गएको खानेपानीको समस्या समाधान गर्नेका लागि पानीको मुहान संरक्षण गदै स्रोत बढाउन लाग्नु पर्ने बताए । प्राकृतिक रूपमा पानीका मुहान बढाउन लाग्नु पर्ने उनले बताए । “पानीको मुहान संरक्षणका लागि जिल्लाको उतरी क्षेत्रमा हरियाली बढाउन आवश्यक छ,” सभामुख महराले भने । त्यसतर्फ अगाडि बढनसमेत आग्रह गरे ।
माथिल्लो भू–भाग हरियाली बढाउनका लागि वृक्षारोपण प्राथमिकता दिन उनले सुझाव दिए । त्यसैगरी खोलाबाट हुने जथावावी उत्खनन हुने ढुंगा, गिट्टी, बालुवा रोक्नुपर्ने बताए । यसका लागि राज्यले मात्र गरेर नहुने भन्दै नागरिकको समेत सहयोग आवश्यक पर्ने उनको भनाइ छ । राज्यको तर्फबाट खानेपानी समस्या समाधानका लागि सहलगानीको खानेपानीका योजना सञ्चालन गरेको बताए । दीर्घकालीन रूपमा खानेपानी तथा सिँचाइको समस्या समाधानका लागि माडी डाइर्भसन गरेर पानी ल्याउने बताए । माडी डाइभर्सन गर्न अध्ययनसमेत सुरु गरिएको सभामुख महरा बताए । केही समयमै अध्ययन सकिने उनले बताए । त्यसपछि माडी डाइर्भसन योजना अगाडि बढाउनका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढनु पर्ने उनको भनाइ छ । गुरुयोजना निर्माण गरेर अगाडि बढेमा काम गर्ने सहज हुनेछ । त्यसैगरी जिल्लाको समग्र विकासलाई अगाडि बढाउन विकास प्राधिकरण निर्माण गरेर अगाडि बढ्ने उनले बताए । त्यसका लागि छिट्टै नै जनप्रतिनिधिसहित सबै मिलेर अगाडि बढने उनको भनाइ छ । “जिल्लाको विकासका लागि हामीले के के योजना अगाडि बढाउने भन्ने बारेमा छिट्टै सार्वजनिक गर्नेछौं,” सभामुख महराले भने । यसले जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्नेसमेत उनले बताए । घोराही खानेपानी संस्थाले हाल दैनिक ३८ लाख लिटर पानी उपभोक्तालाई वितरण गर्दै आएको छ । संस्थाले ४६ वटा सामुदायिक र ६ हजार ४ सय २२ वटा निजी धारा गरी जम्मा ६ हजार ४ सय ६८ वटा धारा वितरण गरेको जनाएको छ । कार्यक्रममा सहभागीले पछिल्लो समय जिल्लामा खानेपानी समस्या बढदै गएको भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए । उनीहरूले पानीको मुहान संरक्षणका लागि खोलामा हाईड्याम निर्माण तथा चुरे संरक्षणमा ध्यान दिनुपर्ने बताएका थिए । चुरे संरक्षण तथा वन जंगल मासिँदै जानु तथा अवैध उत्खनन बढदै जाँदा पानीका मुहान सुक्दै गएको उनीहरूको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्