ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक «

ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न ज्योति बट सेवा सुचारु गरेको छ ।
अब उप्रान्त ज्योति लाईफका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाइल एपबाटै च्याटमार्फत स्वचालित रुपमा प्राप्त गर्न सकिने ज्योति लाईफले जानकारी दिएको छ ।
च्याटबटमा कम्पनीका विभिन्न सेवाहरुका बारेमा जानकारी लिन उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिने छ । साथै कम्पनीका विभिन्न सेवाहरु, बिमित र अभिकर्तासम्बन्धि जानकारी, कम्पनीको बिमा योजना सम्बन्धि जानकारी र सोको प्रतिक्रिया, हेल्प डेस्क, अनलाइन भुक्तानी, डाउनलोड तथा अन्य सेवाहरु उपलब्ध रहेको बताइएको छ । यसैगरी कम्पनीले आगामी दिनमा उक्त च्याटबटमा थप सुबिधाहरु राख्दै सो सेवालाई अझ परिष्कृत बनाउने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्