राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिकाबीच सम्झौता «

राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिकाबीच सम्झौता

युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय युवा परिषद् र संखुवासभाको चैनपुर नगरपालिकाबीच मंगलबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवालाई उद्यमशीलता विकासका लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम सञ्चालन गर्नेछ । साथै, तालिम प्राप्त उद्यमीहरुलाई आवश्यकता अनुसार बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ ।
कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना, बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु राज्यलक्ष्मी खड्गी, सरोज वस्नेत, कर्मचारीहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्