नेपाल बैंकको सहयोग «

नेपाल बैंकको सहयोग

नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रे जिल्लाको धुलिखेल स्थित सन्जिवनी माध्यमिक विद्यालयलमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाका लागि २० थान स्कुल ब्याग तथा अन्य सहयोग सामग्री उपलब्ध गराएको छ ।
बुधबार बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई ४० हजार रुपैयाँ बराबरको सामग्रीहरु हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका कम्पनी सचिव केशव भण्डारीको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्