मेगा बैंकद्वारा ब्याज अनुदानसम्बन्धी चार पक्षीय सम्झौता «

मेगा बैंकद्वारा ब्याज अनुदानसम्बन्धी चार पक्षीय सम्झौता

मेगा क्यापिटल मार्केट्स, मेगा बैक नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघबीच सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्ने सम्झौता भएको छ ।
एक समारोहका मेगा क्यापिटल मार्केट्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, मेगा बैंकका तर्फबाट प्रमुख, लघु तथा कृषि कर्जा पुण्यप्रसाद खनिया, त्रिपुरासुन्दरी गाउँपालिकाको तर्फबाट अध्यक्ष शम्भुकुमार थापा र धादिङ उद्योग वणिज्य संघका तर्फबाट कार्य समिति सदस्य सुमन घरेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उद्योग वाणिज्य संघसँग आवद्ध उद्योग व्यवसायीलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही कर्जा प्रदान गर्नेछ ।
जसमा मेगा क्यापिटल मार्केट्सले धादिङ उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीको कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने छ ।
यस्तै आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्