रुस–अमेरिकाबीच शितयुद्धकालमा जस्तै हतियारको होड «

रुस–अमेरिकाबीच शितयुद्धकालमा जस्तै हतियारको होड

मस्को-अमेरिकाले रुससँगको शीतयुद्धको समयमा गरिएको इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेस (आईएनएफ) सन्धीबाट बाहिरिने घोषणा गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि शनिबार सम्झौता निलम्बन गर्ने घोषणा गरेका छन् । यसपछि दुई देशबीच हतियारको होड पुनः एक पटक सुरु हुन सक्ने छ । यो सन्धीबाट दुवै देश बाहिरिएपछि युरोप पनि चाडैनै रुसी मिसाइलको खतरामा आउन सक्ने छ ।
अमेरिकाले रुसमाथि २०१४ देखि यो सन्धीको उल्लंघनको आरोप लगाउदै यसबाट बाहिरिनका लागि ६ महिनाको समय दिएको छ । यसका लागि अमेरिकाले प्रक्रिया सुरु गरेको छ । अमेरिकी घोषणा लगत्तै शनिबार पुटिनले रुसी विदेश तथा रक्षा मन्त्रीसँग बैठक गरेर रुसले अब निशस्त्रीकरणको विषयमा अमेरिकासँग वार्ता सुरु नगर्ने बताएका छन् ।
उनले भनेका छन्,“हामी हाम्रो मित्र अमेरिकासँग यो महत्वपूर्ण विषयमा सार्थक वार्ताका लागि परिपक्क हुने समयसम्म पर्खिने छौ । यसका साथै पुटिनले यो सन्धीमाथि अमेरिकासँग रुसको भागिदारीको निलम्वन गरेको छ ।”
अमेरिकाद्वारा ६ महिनाको अवधिमा सन्धीबाट अलग हुने प्रक्रिया सुरु गरेपछि रुससँग उसको मिसाइल, लन्चर तथा अन्य हतियारको होड सुरु हुने तय भएको छ । अमेरिकाको सहयोगी नेटोका देशहरुले ट्रम्प सरकारको पैmसलाको समर्थन गरेका छन् । रुसले लगातार युरो–एटलान्टिक सुरक्षाका लागि खतरा उत्पन्न गरिरहेका यी मुलुकहरुको आरोप छ । नेटोले रुससँग यो मुलुकले ६ महिनाको समयको उपयोग गरेर सन्धीको मानोस् भन्ने अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्