संरक्षणको पर्खाइमा पञ्चावती «

संरक्षणको पर्खाइमा पञ्चावती

उदयपुर – आफूले पढाएका दर्जनौं व्यक्ति देशकै महत्वपूर्ण स्थानमा रहँदा रहँदै पनि जिल्लाको सबैभन्दा पुरानो विद्यालय रुग्ण र जीर्ण बनेको छ । वि.सं. १९७२ सालमा भाषा पाठशालाको रुपमा स्थापना भई २००९ सालमा मिडिल स्कूल र २०१८ सालमा हाइस्कूलको मान्यता पाएको उदयपुर जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढीको पञ्चावती माध्यमिक विद्यालय रुग्ण र जीर्ण बनेको हो ।  आफूले पढाएका दर्जनौं व्यक्ति देशकै महत्वपूर्ण स्थानमा रहँदा रहँदै पनि जिल्लाको सबैभन्दा पुरानो विद्यालय रुग्ण र जीर्ण बनेको छ । वि.सं. १९७२ सालमा भाषा पाठशालाको रुपमा स्थापना भई २००९ सालमा मिडिल स्कूल र २०१८ सालमा हाइस्कूलको मान्यता पाएको उदयपुर जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढीको पञ्चावती माध्यमिक विद्यालय रुग्ण र जीर्ण बनेको हो । सरकारी क्षेत्रको त कुरै छाडौं, यही विद्यालयमा कखरा चिनेर एसएलसीसम्म अध्ययन गरी उच्च सरकारी ओहदामा पुगेका दर्जनौ व्यक्तिहरूले समेत आफू अध्ययन गरेको विद्यालयको महत्वलाई चटक्कै बिर्सिएका छन् । उदयपुर जिल्लाकै ऐतिहासिक र सबैभन्दा पुरानो यो विद्यालयमा अध्ययन गर्ने दर्जनौ व्यक्तिहरूले स्वदेश र विदेशमा समेत ख्याति कमाए । स्वदेश र विदेशमा महल बनाए । तर आफ्नो भाग्य र भविष्य निर्माण गर्ने यो विद्यालयका बारेमा कसैले पनि सामान्य ध्यान र दृष्टि नदिँदा २०४५ सालको भूकम्पमा परी चिराचिरा भएको पञ्चावती उच्च माध्यमिक विद्यालयको अवस्था अहिले पनि उस्तै छ । भवन अहिले लड्ने कि भरे लड्नेको अवस्थामा छ । “विद्यालय भवन अहिले कि भरे लड्ने अवस्थामा छ,” विद्यालयमा विगत २१ वर्षदेखि कार्यरत शिक्षक पवन झाले भने, “विद्यालय क्षेत्रमा भएको पुरानो काठको घेराबेरा लडेर काम नलाग्ने अवस्थामा पुगेको छ भने जस्तापातामा खिया लागेर सामान्य पानी पर्दा पनि चुहिने अवस्थामा छ ।” जिल्लाकै सबैभन्दा पुरानो भएर पनि विद्यालयका बारेमा यहाँ अध्ययन गर्ने पु्राना विद्यार्थी, सरकारी पक्ष र स्थानीय निकायले बेवास्ता गर्दा विद्यालय रुग्ण बन्नुपरेको उनले बताए ।२०१८ सालमा मावि सञ्चालन भई २०२० सालदेखि एसएलसी सुरु भएको यो विद्यालयमा पढेका विद्यार्थी मन्त्रीसम्म भए । एक दर्जनभन्दा बढी सचिवसम्मको उच्च सरकारी ओहदामा पुगे । कोही राजदूत भए । कोही इन्जिनियर बने । तर उनीहरूबाट समेत विद्यालयका लागि कुनै सहयोग भएन । आजसम्म कसैले पनि आफ्नो भविष्य निर्माण गर्ने यो रुग्ण विद्यालयलाई एकपटक फर्केर समेत नहेरेको स्थानीय दीपक रोकाहाले गुनासो गरे । “यो विद्यालयमा कखरादेखि एसएलसीसम्म पढेका करिब २ दर्जन व्यक्तिहरू नेपालको उच्च सरकारी ओहोदामा पुगेर सेवानिवृत्त पनि भइसके,” रोकाहाले भने, “करिब ३ दर्जनको संख्यामा अहिले पनि उच्च सरकारी ओहदामै कार्यरत छन् । तर उनीहरूले आफू पढेको विद्यालयलाई चटक्कै बिर्से ।” यो विद्यालयमा एसएलसीसम्म पढेर सरकारी तहमा अधिकृतस्तरको जागिर खाने व्यक्तिहरूको गणना गर्ने हो भने छ दर्जनको हाराहारीमा छन् । २०३८ सालमा प्रधानाध्यापक बनेका नारायणबहादुर कार्कीको सक्रियतामा बनेर वर्तमान समयमा चिराचिरा परेको विद्यालयको भवनबाहेक विद्यालयका नाममा यहाँ पढेका विद्यार्थीले फर्केर समेत नहेरेको स्थानीय बताउँछन् । दर्जनौं व्यक्तिको सुन्दर भविष्य निर्माण गर्ने यो विद्यालय भने दिनप्रतिदिन रुग्ण र जीर्ण बन्दै गएकोप्रति उनीहरूले चिन्ता व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्