अमेरिकामा आपतकाल लगाउन सक्ने ट्रम्पको संकेत «

अमेरिकामा आपतकाल लगाउन सक्ने ट्रम्पको संकेत

वासिङटन-मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोत्र्mयाटिक पार्टिबीच चलेको तनाव कम हुने देखिएको छैन । ट्रम्पले सीमामा पर्खाल लगाउने आफ्नो योजनाबाट पछि नहट्ने बताएका छन् । यो महत्वाकांक्षि योजनाका लागि उनले कोष जुटाउनका लागि राष्ट्रिय आपतकालिन अवस्थाको घोषणा गर्ने बताएका छन् ।
ट्रम्प अवैध घुसपैठ रोक्नका लागि देशको दक्षिणी सीमामा पर्खाल बनाउने मागको विषयलाई लिएर अडिगनै भएर बसेका छन् । सीबीएस न्यूजसँग राष्ट्रपतिले भने,“म राष्ट्रिय आपतकालिन अवस्थाको घोषणा गर्ने विषयमा नजिक पुगिसकेको छु ।” प्रतिनिधि सभाकी सभामुख न्यान्सी पोलेसीको कठोर व्यवहार देशहितको विपरित भएको आरोप पनि उनले लगाए । उनले राजनीति गरिरहेको आरोप पनि ट्रम्पको थियो । यदी ट्रम्पले देशमा राष्ट्रिय इमरजेन्सीको घोषणा गरे भने मेक्सिको सीमामा पर्खाल लगाउन आवश्यक कोष जुटाउन सजिलो हुनेछ । आपतकाल लगाइएमा ट्रम्पलाई संसदको स्वीकृति बिना कोष जारी गर्नका लागि शक्ति हासिल हुनेछ ।
ट्रम्पले यसै साताको मंगलबार स्टेट अफ युनियनलाई सम्बोधन गर्नेछन् । ह्वाइट हाउसबाट जारी गरिएको बयानका अनुसार राष्ट्रपतिको सम्बोधन आशावादी दृष्टिकोण तथा सकारात्मक रुपबाट अगाडी बढ्ने विषयमा केन्द्रीत हुनेछ । राष्ट्रपतिले अमेरिकी गौरबको प्रेरणादायक दृष्टिकोणमा चर्चा गर्ने एक वरिष्ठ अधिकारीले बताएका छन् ।
उनले मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने विषयमा डेमोत्र्mयाटिक पार्टीसँगको विवाद तथा २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको विषयलाई लिएर पनि उनले आफ्नो धारणा राख्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्