ट्राभलर रोयल मिनिबस र ट्रयाक्स क्रुसर डिलक्स जिप बजारमा «

ट्राभलर रोयल मिनिबस र ट्रयाक्स क्रुसर डिलक्स जिप बजारमा

 फोर्स मोटर्स लिमिटेडको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा डिलक्स गाडीहरु आकर्षक अफरसहित बिक्री सुरु गरेको छ । कम्पनीले ट्राभलर रोयल नामको मिनीबस (१५ प्लसडी) र ट्रयाक्स क्रुजर डिलक्स नामको जिप (१४ प्लसडी) बजारमा ल्याएको हो । ट्राभलर रोयल नामको मिनिबसमा एयर सस्पेन्सन, आरामदायी फोल्डीङ सिट, बिश्व प्रसिद्द मर्सेडिज लाइसेन्स इन्जिन र गियर बक्स, हरेक सिटमा एसी भेन्ट, मोबाइल अथवा ल्यापटप चार्जीङ पोइन्ट, अत्याधुनीक र सबै भन्दा भरपर्दो ब्रेक प्रणाली एबिएस प्लस इबिडी र १६ सिट क्षमता भएको छ । बिशेष अफर अबधि भर ग्राहकले एमआरपी ५८ लाख भएको यो गाडी ५२ लाखमा खरिद गर्न पाउने आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले बताए ।
यसैगरी ट्रयाक्स क्रुजर डिलक्स नामको जिपमा उत्कृष्ट आधुनीक एसीका साथै आरामदायी सिट, बिश्व प्रसिद्ध मर्सेडिज लाइसेन्स शक्तिशालि इन्जिन, सबै भन्दा सिट क्षमता भएको (१४ सिट), उच्च ग्राउन्ड क्लियरेन्स र उत्कृष्ट वारेन्टि सुबिधा उपलब्ध गराइएको छ । बिशेष अफर अबधि भर ग्राहकले एमआरपी ४१ लाख भएको यो गाडी ३६ लाखमा खरिद गर्न पाउने आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक राजन लम्सालले बताए ।कम्पनीले यो अफरमा गाडी खरिद गर्ने ग्राहकलाई एक वर्षको कर छुट, स्पेयर पार्टसमा आजिवन ७ प्रतिशत छुट र सात पटक फ्री सर्भिस लगायत अन्य थुप्रै सुविधा प्रदान गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्