दसैंमा बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट वितरण गर्ने «

दसैंमा बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट वितरण गर्ने

दसैं पर्वलाई लक्षित गरी यस वर्ष बैंक तथा वित्तीय संघ संस्थाहरुले नयाँ नोट वितरण गर्ने भएका छन् ।
यसपाली समयमै नयाँ नोट स्टक राखेको कारण दसैंको अवसरमा पोखराबाट पनि नयाँ नोट वितरण गरिने नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वर भट्टराईले बताए ।
“यस वर्ष हामी यस क्षेत्रका उपभोक्तालाई पर्व लक्षित गरी नयाँ नोट वितरण गर्नेछौं” उनले भने, “केन्द्रको निर्देशन अनुसार अबको केही दिनबाटै नयाँ नोट वितरण हुने छ ।” गत वर्ष कोरोनाको कारण समयमै नयाँ नोट छाप्न नसकेर स्टक नहुँदा सुकिला नोट वितरण गरेको राष्ट्र बैंकले यस वर्ष भने नयाँ नोट वितरण गर्ने भएको हो ।
राष्ट्र बैंकबाट मात्र भन्दा सम्बन्धित बैंक तथा वित्तीय संघ संस्थाहरुलाई आम जनता सामु नयाँ नोट वितरण गराउने भन्दै उनले यस वर्ष नयाँ नोट वितरणमा कुनै समस्या नहुने दाबी गरे ।
५, १०, २०, ५०, १ सय का नोटको मौज्दात पर्यापत रहेको भन्दै उनले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट वितरण गर्दा राष्ट्र बैंकलाई कम भार हुने र जनतालाई पनि सहज हुने जनाए ।
गत वर्ष नयाँ नोट सटही नगरे पनि एक÷दुई पटक बजारमा आएका नोटलाई पुनः संकलन गरिएको र चलन चल्तीमा प्रयोग गर्न मिल्ने प्रकारका सुकिला नोटलाई प्रयोग गरिएको थियो । बैंक तथा वित्तीय संघ संस्थाहरुलाई भने नयाँ नोट दिन सुरु गरेको निर्देशक भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्