दुइपाङ्ग्रेमा तीव्र प्रतिस्पर्धा «

दुइपाङ्ग्रेमा तीव्र प्रतिस्पर्धा

नेपालमा दुइपाङ्ग्रे सवारीको लोकप्रियता जति बढिरहेको छ विभिन्न कम्पनीहरुबीच बजार हिस्सा बढाउने प्रतिस्पर्धा पनि उत्तिकै चलिरहेको छ । २०१८ को अप्रिलदेखि अक्टोबरसम्ममा नेपाल भित्रिएका दुइपाङ्ग्रे सवारीको भन्सार तथ्यांकअनुसार भारतमा निर्मित जापानी कम्पनी होन्डाका मोटरसाइकल यो प्रतिस्पर्धामा सबैभन्दा अगाडि छन् भने भारतीय कम्पनी बजाजले होन्डलाई पछ्याइरहेको छ । यस्तै, भारतमै निर्मित जापानी ब्रान्ड यामाहाले पनि पछिल्लो समय बजार हिस्सा बढाउँदै लगेको पाइएको छ । 
 नेपालमा दुइपाङ्ग्रे सवारीको लोकप्रियता जति बढिरहेको छ विभिन्न कम्पनीहरुबीच बजार हिस्सा बढाउने प्रतिस्पर्धा पनि उत्तिकै चलिरहेको छ । २०१८ को अप्रिलदेखि अक्टोबरसम्ममा नेपाल भित्रिएका दुइपाङ्ग्रे सवारीको भन्सार तथ्यांकअनुसार भारतमा निर्मित जापानी कम्पनी होन्डाका मोटरसाइकल यो प्रतिस्पर्धामा सबैभन्दा अगाडि छन् भने भारतीय कम्पनी बजाजले होन्डलाई पछ्याइरहेको छ । यस्तै, भारतमै निर्मित जापानी ब्रान्ड यामाहाले पनि पछिल्लो समय बजार हिस्सा बढाउँदै लगेको पाइएको छ ।   २०१८ को अप्रिलदेखि अक्टोबरसम्ममा होन्डाको ५३ हजार ६ सय ८६ वटा दुईपाङ्ग्रे सवारीसाधन भित्रिँदा बजाजको ४९ हजार ३ सय १७ वटा र यामाहाको २९ हजार ५ सय ९८ वटा आयात भएको पाइएको छ ।
 २०१७ को अप्रिलदेखि अक्टोबरसम्ममा बजाजको ४८ हजार ४ सय ९७, होन्डाको ५२ हजार ३१ वटा तथा यामाहाको २८ हजार ७ सय ९८ वटा मोटरसाइकल तथा स्कुटरको आयात भएको तथ्यांक छ । यसरी हेर्दा सबैभन्दा बढी बजार हिस्सा होन्डाको २८.३७ प्रतिशत, बजाजको २६.०६ प्रतिशत र यामाहाको १५.६४ प्रतिशत छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा होन्डाको ३०.२८, बजाजको २८.२२ र यामाहाको १६.७६ प्रतिशत बजार हिस्सा थियो । बजार हिस्साका आधारमा चौथो स्थानमा भारतीय ब्रान्ड हिरो रहेको छ । २०१८ को अप्रिलदेखि अगस्टसम्ममा हिरोका २१ हजार ७ सय ४६ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएका छन् र यसको बजार हिस्सा ११.४९ प्रतिशत छ । २०१७ को सोही अवधिमा हिरोका १६ हजार ६ सय १६ वटा मोटरसाइकल भित्रिएका थिए । 
दुईपाङ्ग्रे सवारी बजारमा भारतीय उत्पादन टीभीएसले पनि उल्लेख्य प्रगति गरेको छ । २०१७ को अप्रिलदेखि अगस्टसम्ममा १४ हजार १ सय ९ वटा मोटरसाइकल स्कुटर बिक्री गर्दा टिभीएसको बजार हिस्सा ८.२१ प्रतिशत थियो । २०१८ को सोही अवधिमा टिभीएसले २० हजार ९ सय ३० वटा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आफ्नो बजार हिस्सा ११.०६ प्रतिशत पु-याएको छ । नेपाली बजारमा करिब दुई दर्जन दुईपाङ्ग्रे सवारी ब्रान्डको बिक्री हुँदै आएको छ । त्यसमध्ये ५ वटा ब्रान्डको बजार हिस्सा ९२ प्रतिशतभन्दा बढी छ । बजारमा भारतीय ब्रान्डका बजाज, हिरो, टीभीएसदेखि जापानी ब्रान्ड यामाहा, सुजुकी हुँदै इटालीको डुकाटी तथा बेलायती ब्रान्ड रोयल इन्फिल्डसम्मका मोटरसाइकल उपलब्ध छन् । 

७ महिनाको मोटरसाइकल आयात (संख्या) र बजार हिस्सा (प्रतिशत)
ब्रान्ड आयात २०१७ बजार हिस्सा आयात २०१८     बजार हिस्सा
बजाज     ४८४९७   २८.२२      ४९३१७            २६.०६ 
होन्डा      ५२०३१     ३०.२८    ५३६८६           २८.३७ 
हिरो       १६६१६     ९.६७     २१७४६           ११.४९ 
यामाहा    २८७९८     १६.७६      २९५९८           १५.६४ 
टीभीएस   १४१०९      ८.२१         २०९३०             ११.०६ 
अन्य      ११७९७      ६.८६        १३९६६             ७.३८ 
जम्मा     १७१८४८      १००       १८९२४३            १०० 

 

प्रतिक्रिया दिनुहोस्