विजेतालाई राजदूत छोङ सक्को सम्मान «

विजेतालाई राजदूत छोङ सक्को सम्मान


दक्षिण कोरियाली दूतावासले के–पप वल्र्ड फेस्टिभलका विजेतालाई पुरस्कार तथा सम्मान वितरण गरेको छ । सन् २०२१ का के–पप वल्र्ड फेस्टिभलका विजेताहरूलाई मंगलबार एक कार्यक्रमकाबीच नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क छोङ सक्ले दूतावासमा आयोजित कार्यक्रममा विजेतालाई सम्मान तथा पुरस्कृत गरेका हुन् ।
नेपालमा दक्षिण कोरियाली संस्कृतिको अनुभव तथा उत्सुक्तालाई मनन् गराउन, नेपालमा कोरियन वेभको विस्तारका साथै कोरिया र नेपाल दुई देशका नागरिकबीच जनस्थरमा सम्बन्ध विस्ताार गर्ने उद्देश्यका साथ के–पप वल्र्ड फेस्टिभल प्रतियोगिता आयोजना हुँदै आएको छ ।
सन् २०२१ को जुन २८ देखि जुलाई २८ तारिकसम्म के–पप प्रेमीहरूका प्रस्तुति अनलाइनको माध्यमबाट दरखास्त आह्वान गरेको थियो । जसमा ५३ समूहले आवेदन दिएर प्रतियोगितामा संस्कृतिक प्रस्तुतिमा सहभागी जनाएका थिए । सो प्रतियोगीका प्रस्तुतिहरूलाई के–पप मुख्यालय कोरिया र दूतावासका निर्णायक मण्डलले ६ समूहलाई छनोट गरेको थियो ।
प्रतियोगितामा बीएमके (प्रिन्स शाही-अमृत सुनुवार) देरक पप द्वितीय(प्रज्वल लामा-स्पन्दन गुरुङ),तृतीयमा थ्रीए पीएम(मिनिग्ना लामा÷ प्रिया तामाङ)को समूहले जितेको थियो । प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ राशि पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको थियो । त्यस्तै चौथोमा कृम्सन योन्जा(कृपा राई-जुली श्रेष्ठ), पाँचौंमा द वइन्स(रिन्चेन वङमा तामाङ-तेन्जिङ डोलकर) र छैटौँ मा हार्ट टू विट( विद्या पुडासैनी÷सीमा थापामगर)ले हातपारेका थिए । चौथो, पाँचौं, छैटौंका विजेताले क्रमशः २० हजार र १० हजार रुपौयाँ राशि तथा प्रसंशा पत्र राजदूत छोङ सक्ले पुरस्कृत गरेका थिए । पाँचौं र छै टौँ पुरस्कृत हुने समूहले प्रेरणादायिक कथा र अन्य विजेताले संस्कृतिक विधामा प्रतियोगितामा अन्य प्रतियोगीलाई उछिन्दै पुरस्कार हासिल गरेका थिए । गणतन्त्र कोरियाको परराष्ट्र मन्त्रालयले हरेक वर्ष सांस्कृतिक तथा खेलकुद मन्त्रालय छाङ्वन सहर र केबीएस टेलिभिजनसँग संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्ने गरेको छ ।
के–पपको माध्यमबाट आपसमा फरक संस्कृति भएको बीचमा पनि एकताबद्ध गर्ने आधार निर्माण गरी के–पप फेस्टिभलमा आबद्ध टिमहरू स्वतःस्फुत रूपमा सहभागी हुने अवसर निरन्तर प्रदान गर्दै दुई देशबीचमा मैत्रीपूर्ण सम्बन्ध विकास गर्न सहयोग पुग्ने दूतावासकी कल्चर विभाग प्रमुख पार्क यु सङले बताइन् ।
नेपाल र कोरिया दुई देशका जनता संगीत र नृत्यको माध्यमबाट हामी एक आपसमा समान संस्कार भएको महसुस गरेको राजदूत पार्क छोङ सिक्ले प्रतियोगीहरूलाई सम्बोधन गर्दै बताए । ‘के–पप संस्कृतिलाई नेपालमा स्वीकार गरेसँगै नेपाल र कोरिया बीचको भावनाको दूरी नजिकिँदै दुई देशबीचको सम्बन्धमा महत्वपूर्ण भूमिका खेल्ने,’ राजदूत सक्ले भने ।

प्रतिक्रिया दिनुहोस्