शंकास्पद कारोबारमा बृद्धि «

शंकास्पद कारोबारमा बृद्धि

पछिल्लो समय बैंकिङमार्फत हुने गरेको शंकास्पद कारोबार वृद्धि हुँदै गएको छ ।
‘गत आर्थिक बर्ष ८ ८७ हाराहारी शंकास्पद कारोबारको रिपोर्ट भएको थियो,’ नेशनल बैंकिङ इष्टिच्युट (एनबिआइ) ले शुक्रबार आयोजना गरेको चौथो ‘एएमएल कन्फ्रेन्स’को उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले भने ।
गभर्नर डा. नेपालले राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले गत आर्थिक बर्ष ३१२ हाराहारी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइसकेको जानकारी पनि दिए । प्रविधिको प्रयोगसँगै सम्पति शुद्धिकरणको जोखिम बढ्दै गएको भन्दै उनले सम्पति शुद्धिकरणको बिषय सबै निकायहरुको सहकार्यमा मात्र कार्यान्वयनमा लैजान सकिने बताए । नेपालले सम्पत्ती शुद्धिकरणलाई निवारण ऐनलाई अझै प्रभावकारी बनाउन बैंक र वित्तीय संस्थाहरुसँग थप सहकार्य गर्नुपर्नेमा जोड दिदै आन्तरिक व्यवस्थापन, रेगुलेसन, अडिट रिपोर्ट र सुपर भिजनका कारण सम्पत्ति शुद्धिकरण बढेको बताए । उनले सम्पत्ति सुदृढीकरण निवारण न्यूनीकरणमा केवाईसीले सहयोग नपुगेको पनि बताए।
उक्त अवसरमा नेपाल राष्ट्र बैकको बाध्यकारी केवाइसी नियमले बैंकका ग्राहकहरु बिच्किने गरेको बैकरहरुले गुनासो गरेका थिए ।
कार्यक्रममा बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले केवाईसीका कारण बैंकमा नयाँ उपभोक्ता नआएको बताए । उनले सानो कारोबार गर्ने उपभोक्तालाई केवाईसीले हैरानी दिएको पनि बताए । वर्षेनी एकै प्रकारको विवरण भराउनु उपयुुक्त नहुने बताए । आम्दानी र त्यसको श्रोत, ठेगाना मात्रै हेर्नू पर्ने भन्दै ढुङ्गानाले केवाईसीको केन्द्रिय तथ्यांक व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए । ढुङ्गानाले सम्पती शुद्धिकरण प्रमाणपत्र एएमएल सर्टीफिकेटको आवश्यकता परिसकेको पनि बताए ।
यसैगरि डेपलपमेन्ट बैंकर्स संघका कामु अध्यक्ष गोविन्दप्रसाद ढकालले ग्रामिण क्षेत्रका ग्राहकहरुलाई यस्ता बिषयहरु बुझाउन निक्कै कठिन भएकाले राष्ट्र बैंकले पनि कतिपय बिषयहरुमा सहजीकरण गरिदिनु पर्ने बताए । ढकालले पनि केवाईसीका कारण नयाँ ग्राहक बिच्किएको बताए । नेपाल बैकिङ ईन्स्टिच्युटका सीईओ सन्जिब सुब्बाले सम्पती शुद्धिकरण पेचिलो विषय बन्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्