याडिया इलेक्ट्रिक स्कुटरमा दसैं अफर

याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरमा २५ हजार नगद छुट र दुई वटा हेल्मेट निःशुल्क दिने योजना सार्वजनिक भएको छ । याडियाको आधिकारीक बिक्रेता कुजु नेपालले यो स्कीम सार्वजनिक गरेको हो । “विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेका हौं” कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले भने ।
कम्पनीले यसबाहेक स्कुटर किन्ने ग्राहकलाई २ हजार रुपैयाँ बराबरको फुड भौचरको साथै, व्याज नलाग्ने स्कीम पनि दिएको छ । जसमा कर्जा लिएको रकममा कुनै अतिरिक्त व्याज लाग्ने छैन । एक वर्षको सडक दस्तुर, एक्सचेन्ज सुविधा र सहज फाइनान्स सेवा ग्राहकले पाउनेछन् ।
यसबाट ग्राहकले प्रदुषण रहित विश्वस्तरिय इलेक्ट्रिक स्कुटर सहज तरिकाले पाउने छन् । कुजु नेपाल प्रालिले अहिले विभिन्न ४ भेरियन्टमा इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने स्लाइक सिंगल व्याट्री भएको मोडलको मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको छ भने यसलाई फुलचार्जमा ६० किलोमिटर गुडाउन सकिन्छ । यसको टप स्पीड क्षमता भने ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।
एस् लाइक मोडलकै डबल व्याट्री भेरियन्टको मूल्य ३ लाख १० हजार रुपैयाँ रहेको छ । यसलाई फुलचर्जमा १२० किलोमिटर गडाउन सकिन्छ भने यसको टप स्पीड क्षमता ५० किलोमिटर प्रतिघण्टा रहेको छ । त्यसैगरी याडिया जी ५ को मूल्य ३ लाख ३० हजार ६० किलोमिटर प्रतिघन्टाको स्पीडमा चलाउन सकिने यो स्कुटर एक पटकको फुल चार्जमा ८० किलोमिटर गुडाउन सकिन्छ । कम्पनीले विक्री गर्ने सबैभन्दा धेरै मूल्यको सी वान एस मोडलको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको पनि टप स्पीड र रेञ्ज जी ५ को जस्तै रहेको छ ।
कम्पनीले सबै स्कुटरको व्याट्री र मोटरमा २ वर्ष र चार्जरमा एक वर्षको वारेन्टी प्रदान गरेको छ ।