भाइबरको एआर लेन्स फिचर सेवा सुरू «

भाइबरको एआर लेन्स फिचर सेवा सुरू

भाइबरले ‘भाइबर लेन्स फिचर’ आफ्नो मेसेजिङ प्लेटफर्ममा सुरु गरेको छ । यो फिचर नेपाल, भिएतनाम र फिलिपिन्ससहित एपिएसी क्षेत्रमा पहिलोपटक सुरुवात गरिएका कम्पनीको भनाइ छ । भाइबर लेन्स फिचर स्न्याप आइएनसीको सहकार्य तथा स्न्यापको क्यामरा किट, क्रियटिभ किट र अनुकुलन–योग्य बिटमोजीलाई भाइबर एपमा एकिकरण गरेर तयार पारिएको छ ।
यस फिचरबाट प्रयोगकर्ताहरुले एआरबाट पावर गरिएको फोटो र भिडियो मेसेजहरु मार्फत रमाइलो र अन्तक्रियात्मक संवादहरु गर्न सक्छन् । प्रवर्तन समारोहमा भाइबरका २० विभिन्न लेन्सहरु समावेश छन् । जसमा गायक तथा गीतकार स्वप्न सुमन र कोकाकोलाका लेन्सहरु समावेश गरिएका छन् । कम्पनीले कम्तिमा पनि २० वटा लेन्सहरु हरेक महिना थप गर्दै लैजाने योजना रहेको घोषणा गरेको छ । व्यापारिक संस्थानहरुले भाइबरमा आफ्ना मौलिक लेन्सहरु समेत सिर्जना गर्ने अवसर पाउने छन् ।
नेपालमा भाइबर लेन्सहरु आइओएस (भाइबार भर्सजन १५.५.५ देखि माथिका) मा र एन्ड्रोइड (भाइबार भर्सन १५.८.०.१५ देखि माथिका) मा उपलब्ध छन्। लोकल लेन्सहरु भाइबर भर्सजन १६.० बाट सुरु भएर माथि सबैमा उपलब्ध छन् । नयाँ भाइबर फिचरमा ध्यान आकृष्ट गर्ने फिल्टरहरु, रमाइला मास्कहरु, सौन्दर्ययुक्त फिचरहरु र अनुकुलन–योग्य बिटमोजी क्यारेक्टर लगायत हुनेछन् ।
भाइबर प्रयोगकर्ताहरुले क्यामरा आइकन ट्याप गरेर सहजै आफ्ना फोटो तथा भिडियोहरुमा भएका लेन्स चलाएर यी फिचरहरु प्रयोग गर्न सक्छन् । नेपाल र भुटानका लागि कोकाकोलाकाको देश निर्देशक आदर्श अवस्थीले कोकाकोला र भाइबरको सहर्कायमा अद्वितीय, रमाइलो र प्रासंगिक लेन्सहरु ल्याउन लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्