तल्लो खारेद्वारा सर्वसाधारणका लागि पौने एक अर्बको सेयर निष्कासन «

तल्लो खारेद्वारा सर्वसाधारणका लागि पौने एक अर्बको सेयर निष्कासन

दोलखामा निर्माण भइरहेको ११ मेगावाट क्षमताको तल्लोखारे खोला जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि ८६ करोड ७४ लाख ४९ हजार बराबरको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
 दोलखामा निर्माण भइरहेको ११ मेगावाट क्षमताको तल्लोखारे खोला जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि ८६ करोड ७४ लाख ४९ हजार बराबरको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको छ । युनिसर्भल पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला गरेको हो । सर्वसाधारणले आगामी माघ २५ गतेदेखि सो आयोजनाका लागि सेयर भर्न पाउनेछन् । दोस्रो चरणका लागि ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता साधारण सेयर कर्मचारीका लागि सुरक्षित गरिएको तथा ४ लाख ६६ हजार ३ सय ७० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । 
७५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाको अहिले हेडवक्र्स, पाइपलाइन र पावरहाउस तथा प्रसारण लाइनको निर्माण गरिरहेको आयोजनाका प्रमुख अनुप थापाले बताए । आयोजनाको हेडवक्र्सतर्फ बाँध, इन्टेक, ग्राभेल, ट्रयाप, कनेक्टिङ क्यानल र डिस्यान्डर बेसिनको काम भइरहेको छ । २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजना २०७६ साउनसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तल्लोखारे खोला आयोजनाका लागि बैंक अप्m काठमाडौंको नेतृत्वमा सानिमा बैंक, माछापुच्छ«े बैंक, कुमारी बैंक, जनता बैंक, लक्ष्मी बैंक र कैलाश विकास बैकले संयुक्त रूपमा ऋण लगानी गरेका छन् भने आयोजनाको ऋण चुक्ताको अवधि १२ वर्ष रहेको छ । 

प्रतिक्रिया दिनुहोस्