मञ्जुश्री फाइनान्सका नयाँ शाखाको सुरुवात «

मञ्जुश्री फाइनान्सका नयाँ शाखाको सुरुवात

मञ्जुश्री फाइनान्सले तीन वटा शाखाएको एकै पटक सुरुवात गरेर सञ्चालनमा ल्याएको छ । फाइनान्सले रुपन्देहीको मुर्गिया, योगिकुटी, मणिग्राम, र भैरहवामा नयाँ शाखा सञ्चलनमा ल्याएर कारोबार शुभारम्भ गरेको हो ।
फाइनान्सका सञ्चालक समितिका अध्यक्ष र सञ्चालक समिति सदस्यहरुलती शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको यसअघि नारायणगढ, काठमाडौंको न्युरोड, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र वीरगन्जमा शाखा सञ्चालनमा रहेका छन् । नयाँ शाखाको सुरुवात भएसँगै फाइनान्सका शाखाको संख्या १५ पुगेको छ ।
२०७८ साल असार मसान्तसम्म ९६ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी र ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाइनान्सले ८.९१ अर्ब निक्षेप संकलन गरी ७.९५ अर्ब कर्जा परिचालन गरेको जनाएको छ ।
यसका साथै यस फाइनान्सले विप्रेषण, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवालगायतसरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा ँिदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्