सेन्ट्रल फाइनान्सलाई भुक्तानी सेवा प्रदायक अनुमति

नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सलाई भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्रदान गरेको छ । अनुमतिपश्चात् फाइनान्सले बचतकर्ता र ग्राहकहरुका लागि आफ्नै मोबाइल एपमार्फत मोबाइल बैंकिङ सेवा सञ्चालन गर्नेछ । ग्राहकहरुले गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट मोबाइल बैंकिङ एप डाउनलोड गर्न सक्ने बताइएको छ ।
संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको र विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि सञ्चालन गरीरहेको छ ।