माछापुच्छ्रे बैंकमा अनलाइन डिम्याट खाता खोल्ने सुविधा «

माछापुच्छ्रे बैंकमा अनलाइन डिम्याट खाता खोल्ने सुविधा

माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाइन डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
लामो समयदेखि डिम्याटलगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट आवेदन दिन मिल्ने गरी डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।
ग्राहकहरुले अनलाइनमार्फत डिम्याट खाता खोल्न बैंकको वेवसाइटमा लगइन गरेर दिएको निर्देशन पालना गर्नुपर्ने बताइएको छ । माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्ने छन् भने अन्य बैंकमा खाता रहेका ग्राहकले प्रकृया पूरा गरेपछि नजिकैको माछापुच्छ्रे बैंकको शाखाबाट डिम्याट खाता नम्बर प्राप्त गर्न सक्ने बताइएको छ ।
कोरोना माहमारीको जोखिम कायमै रहेको समयमा सजिलै डिम्याट खाता खोली सेयर कारोबार गर्न सहज बनाउन बैंकले यो सुविधा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्